इङ्गल्यान्डलाई पछि पार्दै बेल्जियम तेश्रो स्थानमा
SamacharDesk – समाचारडेस्क – स्पोर्ट्स ब्युरो | २०७५ आषाढ ३०, शनिबार

रसियामा जारी विश्वकप फुटबलमा बेल्जियमले तेश्रो स्थान जित्न सफल भएको छ । ईङ्गल्यान्डलाई २–० ले हराउँदै बेल्जियम तेश्रो भएको हो ।
सेन्ट पिटर्सवर्ग स्टेडियममा आज भएको खेलको चौथो मिनेटमा नै गोल गर्दै बेल्जियमले अग्रता लिएको हो । खेलमा थोमस म्यूनियरले गोल गर्दै टिमलाई अग्रता दिलाए । विश्वकपको ईतिहासमा बेल्जियमको यो सबैभन्दा चाँडो गोल हो ।
खेलमा तुलनात्मक रुपमा ईङ्गल्यान्डले नै बढि प्रहार गरेपनि कुनै पनि प्रहार गोलमा परिणत हुन सकेन । बेल्जियमका पोष्ट रक्षक थिबाउट कोर्टियस र रक्षा पंक्तिको अगाडि सबै प्रहार असफल भएका थिए ।
खेल सकिन ८ मिनेट बाँकि छँदा हाजार्डले फेरी अर्को गोल गर्दै टिमको जितलाई सुनिश्चित बनाएका थिए ।
विश्वकपको ईतिहासमा बेल्जियम पहिलो पटक तेश्रो स्थानसम्म पुगेको हो । यो भन्दा अगाडि १९८६ को विश्वकपमा बेल्जियम चौथो स्थानसम्म आउन सफल भएको थियो । त्यो बेला तेश्रो स्थानको लागी भएको खेलमा बेल्जियमलाई फ्रान्सले हराएको थियो ।
यसपटकको जारी विश्वकपमा पनि उपाधी दावेदार मानिएको बेल्जियमलाई सेमि फाइनलमा फ्रान्सले नै हराएको थियो ।
अब उपाधीका लागी फ्रान्स र क्रोएशिया भोलि भिड्दैछन् । जारी विश्वकपको फाइनल खेल नेपाली समय अनुसार भोलि बेलुकी ८ः४५ बजे शुरु हुनेछ ।
Categorized in स्पाेर्ट्स