arin enterprises

संस्कृति

  • २०८२ मङ्सिर ४, बिहिबार

    भक्तपुरमा सम्पदा पदयात्रा सम्पन्न

    भक्तपुरमा सम्पदा पदयात्रा सम्पन्न भएको छ । सम्पदा चिनौं र चिनाऔं महाअभियान अन्तर्गत नगरका विभिन्न ठाउँमा अवस्थित मूर्त सम्पदाहरुको स्थलगत अवलोकन र अध्ययन गर्ने उद्देश्यले भ्रमण आयोजना गरेको बताइएको छ । कमल विनायकस्थित याथुर बिहारबाट सुरू भएको...

  • २०८२ मङ्सिर ३, बुधबार

    बाला चतुर्दशी पर्व मनाईँदै

    आज मंसीर कृष्ण चतुर्दशी अर्थात बालाचतुर्दशी, पितृहरुको नाममा शतवीज छर्दै र दीपदान गर्दै मनाईँदैछ । आजको तिथिमा पितृका नाममा दीप दान गर्ने गरिन्छ । हिजो रातभर जाग्राम बसेर, भजन कीर्तन गरेर दीप प्रज्वलन गरेपश्चात् आज बिहान शतबीज छर्ने चलन रहेको छ ।...

  • २०८२ कार्तिक १५, शनिबार

    हरिको पूजा अर्चना गरी हरिबोधिनी एकादशी मनाईँदै

    आज कार्तिक शुक्ल एकादशी, आजको दिन हरिबोधिनी एकादशी मनाईँदैछ । चार महिना अघि अर्थात आषाढ शुक्ल एकादशीको दिन क्षीरसागरमा शयन गर्नुभएको (सुत्नुभएका) भगवान विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको छ । सुतिरहेका हरि उठ्नुहुने दिन भएकोले नै...

  • २०८२ कार्तिक ११, मंगलबार

    अमेरिकामा नेपाल सम्वत ११४६ को भव्यताका साथ स्वागत

    अमेरिकाको न्युयोर्कमा नेपाल सम्वत ११४६ को भव्यताका साथ स्वागत अमेरिकाको न्यूयोर्कमा नयाँ वर्ष नेपाल सम्वत ११४६ लाई भव्यताको साथ स्वागत गरिएको छ । नेवाः गुठी न्युयोर्क र नेवाः नखः न्युयोर्कले गत शनिवार (अक्टोवर २५ २०२५) का दिन अमेरिकाको...

  • २०८२ कार्तिक ९, आइतबार

    पाटनमा भोलिबाट कात्तिक नाच सुरु

    ३८४ वर्ष अघि राजा सिद्धिनरसिंह मल्लको पालादेखि निरन्तर चल्दै आएको पाटनको प्रशिद्ध कात्तिक नाच भोलि (सोमवार) बाट सुरु हुने भएको छ । पाटन दरवार क्षेत्रमा अवस्थित कात्तिक डबलिमा भोलि कार्तिक शुक्ल षष्ठी (कार्तिक १०) सोमवारबाट कात्तिक नाच सुरु हुन...

  • २०८२ कार्तिक ७, शुक्रबार

    पोर्चुगलमा सामूहिक म्हपूजा र न्हूदँ कार्यक्रम सम्पन्न

    पोर्चुगलमा नेपाल सम्बत ११४६ नयाँ वर्ष र न्हूदँ कार्यक्रम सम्पन्न भएको छ । पोर्चुगलको एरोइयोसमा नेवाः खलः तदर्थ समितिले सामूहिक म्हूपुजा र नेपाल सम्वत नयाँ वर्षको कार्यक्रम आयोजना गरेको हो । सामूहिक म्हपूजा पछि औपचारिक कार्यक्रममा नेपाल सम्बत् न्हूदँ...

  • २०८२ कार्तिक ६, बिहिबार

    तिहारको अन्तिम दिन भाईटीका मनाईँदै

    नेपालीहरुको दोश्रो महान चाड तिहारको आज अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया । यमपञ्चक अर्थात तिहारको आज पाँचौ र अन्तिम दिन, घरघरमा भाइटीका मनाईँदैछ । आज दिदीबहिनीहरुले आफ्ना दाजुभाईहरुलाई सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै भाइटीका लगाइ...

  • २०८२ श्रावण १५, बिहिबार

    न्यू जेनिथमा अभिभावकहरुबीच नृत्य प्रतियोगीता हुने

    सम्पूर्ण नेपाली हिन्दु महिलाहरुको महान पर्व तीजको अवसरमा न्यू जेनिथ ईङ्गलिस मोडल स्कूलले तीज नृत्य प्रतियोगीता गर्ने भएको छ । ताम्सीपाखा विष्णुमति लिंकरोडस्थित स्कूलले महिला अभिभावकहरुबीच एकल तीज नृत्य प्रतियोगीता गर्न लागेको हो । आउँदो श्रावण ३१...

  • २०८१ माघ २८, सोमबार

    नगदेशमा १२ वर्ष पछि पुलुकिसि जात्रा

    मध्यपुर थिमिको नगदेशमा १२ वर्ष पछि फेरी पुलुकिसि जात्रा सुरु गरिएको छ । प्राविधिक लगायत विभिन्न कारणले १२ वर्षसम्म रोकिएको पुलुकिसि जात्रा हिजो भीमा द्वादशीको दिनबाट फेरी सुरु गरिएको हो । स्थानीय युवाहरुको सक्रियतामा यो जात्राले पुनर्जीवन पाएको हो...

  • २०८१ माघ १७, बिहिबार

    तामाङ समुदाय सोनाम ल्होसार मनाउँदै

    आज तामाङ समुदाय हर्षोल्लासपूर्वक धुमधामका साथ सोनाम ल्होसार पर्व मनाउँदैछन् । मञ्जुश्री पात्रोअनुसार नयाँ वर्षको रुपमा आज तामाङ समुदायले आज सोनाम ल्होसार मनाइरहेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र...

  • २०८१ माघ १, मंगलबार

    माघे संक्रान्ति मनाइयो

    आज माघे सक्रान्ति । विभिन्न जातजातिले आ–आप्mनो तरिकाले धूमधामका साथ माघे संक्रान्ति मनाएका छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । आजैदेखि सूर्य उत्तरायण हुने र दिन लामो तथा रात छोटो हुदै...

  • २०८१ पौष २९, सोमबार

    स्वस्थानी ब्रत आरम्भ

    आजदेखि स्वस्थानी ब्रत तथा माघ स्नान सुरु भएको छ । वैदिक सनातन धर्मावलम्बीको विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु हुने भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल...

  • २०८१ पौष २३, मंगलबार

    आर्याअवलोकितेश्वरको महास्नान सम्पन्न

    काठमाडौंको केलटोलमा मंगलबार आर्याअवलोकितेश्वर अर्थात् सेतो मच्छिन्द्रनाथको महास्नान सम्पन्न भएको छ । आज पौष शुक्ल अष्टमीका दिन काठमाडौंको जनबहालमा विधिपूर्वक सेतो मछिन्द्रनाथको महास्नान सम्पन्न गरिएको हो । सेतो मच्छिन्द्रनाथ र करुणामयको नामले पनि...

  • २०८१ मङ्सिर ३०, आइतबार

    नेवार समुदायहरुले यःमरि पुन्हि पर्व मनाइयो

    आज धान्य पूर्णिमा । मंसीर शुक्ल पूर्णिमालाई नेपालका विभिन्न समुदायले आ–आफ्नै परम्परा अनुसार धुमधामसंग मनाउने गर्दछन् । विशेष गरी नयाँ अन्नपात भित्र्याएपछिको खुशियालीमा यो पर्व मनाउने प्रचलन शुरु भएको विश्वास गरिन्छ । नेवार समुदायले आज घरघरमा यःमरि...

  • २०८१ मङ्सिर २१, शुक्रबार

    आज विवाह पञ्चमी

    त्रेता युगमा मार्ग शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले...

  • २०८१ मङ्सिर १७, सोमबार

    कात्तिक नाचका ऐतिहासिक पात्र हरिमान रहेनन्

    ललितपुरको ऐतिहासिक कात्तिक नाचमा ६२ वर्षदेखि योगदान पुर्‍याउँदै आएका हरिमान श्रेष्ठको निधन भएको छ । कात्तिक नाचमा एक ऐतिहासिक पात्र मानिएका श्रेष्ठ गत मंसीर १४ गते शुक्रवार ८८ वर्षको उमेरमा अकस्मात मृत्यु भएको हो । कुनै प्रकारको स्वास्थ्य समस्या...

Pages