arin enterprises

संस्कृति

  • २०८१ बैशाख ४, मंगलबार

    चैते दसैं धूमधामका साथ मनाईंदै

    आज चैते दसैं । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । चैते दसैंमा हनुमानढोकाको दसैंघरमा घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन रहेको छ । यस्तै यस दिन शक्तिपीठ एवं देवीका...

  • २०८१ बैशाख २, आइतबार

    बोडेमा “जिब्रो छेड्ने” जात्रा मनाईंदै

    बोडेका २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदैछन् । भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक मनाइने ‘जिब्रो छेड्ने जात्रा’ आज हरेक वर्ष वैशाख २ गते मनाईंदैछ । नवौँ पटक जिब्रो छेडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठको...

  • २०८० चैत्र ३०, शुक्रबार

    भक्तपुरको बिस्केट जात्रामा यःसिंद्यः उठाईँदै

    विश्व प्रशिद्ध भक्तपुरको बिस्केट जात्राको क्रममा आज यःसिंखेलमा यःसिंद्यः उठाउन लागिएको छ । अहिले यःसिंखेलमा यःसिंद्यः उठाउन तयारी हुँदैछ । आठ रात नौ दिन लामो बिस्का जात्राको क्रममा आज शुक्रबार भक्तपुरको यःसिंखेलमा ५५ हात लामो यःसिंद्यः उठाईँदैछ ।...

  • २०८० चैत्र २९, बिहिबार

    विस्काः जात्राको रथ भाँचियो

    आठ रात नौ दिनसम्म भव्य रुपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्राको रथ भाँचिएको छ । नित्य पूजापश्चात गुथी संस्थानका प्रमुख र सिकर्मी नाइकेबाट सरकारी पूजा गरेपछि अन्य समुदायको पूजा सकेर ३ बजेदेखि भैरवको रथ तान्न...

  • २०८० चैत्र २७, मंगलबार

    पाहाँचह्रेको तेस्रो दिन असनमा खट जुधाईंदै

    पाहाँचह्रेको तेस्रो तथा अन्तिम दिन आज असनमा देउता जुधाइंदैछ । असनको डवलीमा पहेंलो टोपी, रातो र निलो टोपी लगाएका समूहरु एक आपसमा भेला भई देउता जुधाइन्छ । आज टेबहाल भद्रकाली, वटु भद्रकाली देवीका खट तथा कंकेश्वरी अजिमाको खट धूमधामसँग जात्रा गरी असन...

  • २०८० चैत्र २६, सोमबार

    पाहाँचह्रेको दोस्रो दिन आज मरःजा खुवाईने

    तीन दिनसम्म मनाउने पाहाँचह्रे पर्वको आज दोस्रो दिन टोलटोलमा स–साना बालकालिकाहरुलाई “मरःजा” खुवाएर मनाईंदैछ । आज ब्रतबन्ध तथा वेलविवाह नगरेका साना साना बालबालिकाहरुलाई लस्करै राखेर मरःजा खुवाईंदैछ । मरःजा एक प्रकारको पवित्र भात हो, जुन शुद्धसँग नित्य...

  • २०८० चैत्र २५, आइतबार

    काठमाडौंमा पाहाँचह्रे पर्व शुरु

    उपत्यकाका नेवार समुदायहरुले आज पाहाँचह्रे पर्व मनाईंदैछ । नेवारहरुको ठूलो पर्वको रुपमा मनाउने यसलाई पिशाच चर्तुदर्शीको रुपमा पनि मनाइन्छ । नेपालभाषामा ‘पाहाँ’को अर्थ पाहुना हो भने ‘पासा’को अर्थ साथी हो । चह्रे चन्द्रमासको चौधौँ दिनलाई भनिन्छ। ‘पासा...

  • २०८० चैत्र २३, शुक्रबार

    सिकाली अजिमाका देवगणहरु नासल चोकमा नचाईंदै

    खोकनाको १२ वर्षे सिकाली जात्रा हिजो काठमाडौं आइपुगेको छ । चैत्र २२ गते काठमाडौं पुगेका देवगणहरु हिजो पचलीबाट हनुमानढोका पुगेपछि हनुमानढोकाको नासल चोकमा भैरव नाच पनि देखाइएको थियो । देवगणहरु खोकनाबाट पैदलै यात्रा गरी काठमाडौं आइपुगेको हो । यस क्रममा...

  • २०८० चैत्र २१, बुधबार

    भक्तपुरको प्रसिद्ध जात्रा बिस्केट जात्रा चैत्र २७ देखि

    हरेक वर्ष मनाउँदै आएको भक्तपुरको प्रसिद्ध जात्रा बिस्केट जात्रा आगामी बुधबार चैत्र २७ गतेदेखि सुरु हुने भएको छ । प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीहरुले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार जात्रा मनाउने गर्दछ ।  नयाँ वर्ष सुरु हुनुभन्दा...

  • २०८० चैत्र २०, मंगलबार

    परम्परागत सम्पदाहरुको संरक्षण राज्यबाटै हुनुपर्ने माग

    राष्ट्रकै पहिचानको रुपमा स्थापित परम्परागत अमूर्त सम्पदाहरुलाई राज्यस्तरबाटै संरक्षण, सम्वर्ध्दन र प्रवर्ध्दन गर्न सरोकारवालाहरुले माग गरेका छन् । ललितपुर खोकनाको ऐतिहासिक १२ वर्षे सिकाली जात्रा काठमाडौं ल्याइने सम्वन्धमा जानकारी दिन काठमाडौंमा...

  • २०८० चैत्र १९, सोमबार

    देवपाटनमा दुदु च्याँय् च्याँय् जात्रा आज हुँदै

    काठमाडौंको पाशुपत क्षेत्र ग्वल अर्थात देवपाटनमा ‘दुदु च्याँय् च्याँय्’ जात्रा आज सोमबार हुँदैछ । चैत्र कृष्ण अष्टमी शितलाष्टमीका दिन गरिने यो जात्रा आज मनाउन लागिएको हो । आज चैत्र कृष्ण सप्तमी तिथि भएपनि साँझ ४ः४७ बजेपछि अष्टमी तिथि लाग्ने भएकोले...

  • २०८० चैत्र १७, शनिबार

    काठमाडौंमा रुद्रायणी देवी जात्राको लागि स्थलगत निरिक्षण

    काठमाडौं उपत्यकाको ऐतिहासिक वस्ती खोकनाको रुद्रायणी देवी १२ वर्षे जात्रा काठमाडौंमा भव्यताका साथ सम्पन्न गर्न आज स्थलगत निरिक्षण भ्रमण सम्पन्न भएको छ । यहाँ काठमाडौंमा जात्रा सम्पन्न गर्नका लागि काठमाडौंमा गठन गरिएको सिकाली अजिमा जात्रा व्यवस्थापन...

  • २०८० चैत्र १५, बिहिबार

    श्री हरिसिद्धि भवानीको अन्तिम कार्यक्रम फुल्चोकीमा

    श्री हरिसिद्धि भवानीको १२ वर्षे पर्व अन्तर्गतको अन्तिम कार्यक्रम स्वरुप हरिसिद्धि भवानीको फूल्चोकी माई दर्शन १७ गते हुने भएको छ । बिहीवार ललितपुरमा पत्रकार सम्मेलन गरी श्री हरिसिद्धि भवानी १२ वर्षे फूलचोकी माई पर्व सञ्चालन समितिले यसबारेमा जानकारी...

  • २०८० चैत्र १२, सोमबार

    चकंद्यःको जात्रा आज सुरु हुँदै

    काठमाडौंको ठमेलमा श्री गरुड भगवान भनिने चकंद्यःको जात्रा आजबाट शुरु हुँदैछ । सिंहसार्थबाहु समेत भनिने चकंद्यःको जात्राको क्रममा आज भगवानलाई ठमेलस्थित विक्रमशील महाविहार, भगवानबहालको गर्भगृहबाट ल्याइ तुंचोकस्थित डबलीमा विराजमान गराउने कार्यक्रम रहेको...

  • २०८० चैत्र ११, आइतबार

    लोपोन्मुख नौ बाजा सम्मेलन सम्पन्न

    देशभरका मानन्धरहरुको साझा संगठन केन्द्रीय मानन्धर संघले लोपोन्मुख बाजा संरक्षण अभियान सुरु गरेको जनाएको छ । अमूर्त सम्पदाको रुपमा रहेको मौलिक लोपोन्मुख बाजालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले संघले अभियान सुरु गरेको बताएको हो । संघले...

  • २०८० चैत्र ११, आइतबार

    गुरुमापालाई चौरासी व्यञ्जन

    रंगैरंगको पर्व आज होली पर्व । देशभर धूमधामका साथ होली पर्व मनाईरहँदा काठमाडौंमा भने अर्काे एउटा पर्व पनि मनाइन्छ, त्यो हो गुरुमापालाई चौरासी व्यञ्जनको भोज खुवाउने एक विशिष्ट पर्व । उक्त पर्वका लागि काठमाडौंको इतुम्वहालस्थित श्री केशचन्द्र कृत...

Pages

SKIP THIS tihar2082