arin enterprises

संस्कृति

  • २०८१ बैशाख ११, मंगलबार

    आज ल्हूति पून्ही अर्थात् बाइसधारा मेला

    आज ल्हूति पून्ही अर्थात् बाइसधारा मेला । उपत्यकाको उत्तर पश्चिम स्थित रहेको ल्हुति (बालाजु)मा  मेला लागेको छ । नेपालभाषामा बालाजु क्षेत्रलाइ ‘ल्हुति’ भनिने गर्दछ । ल्ह्वों ति ९ढुंगाको रस० बाट अपभ्रंश हुँदै ल्हुति नामांकरण  हुन गएको जानकार तथा पुराना...

  • २०८१ बैशाख ९, आइतबार

    सेतो मच्छिन्द्रनाथको जात्रा सम्पन्न

    वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको जात्रा हिजो सम्पन्न भएको छ । हिजो रथमा रहेको मूर्तिलाई खटमा राखेर दलाक्षी, ह्यूमत, कोहिटी, भिमसेनस्थान मरु हुँदै जनवहालमा रहेको मन्दिरमा लगिएको छ । बाजागाजा र सांस्कृतिक झाँकीसहित खटमा बोकेर शनिबार बेलुका...

  • २०८१ बैशाख ५, बुधबार

    आज सेतो मच्छिन्द्रनाथको रथ हनुमानढोका लगिने

    काठमाडौं सेतो मच्छिन्द्रनाथको रथयात्राको क्रममा आज रथलाई हनुमान ढोका बाहिर रहेको कालभैरव अगाडी पु¥याईँदैछ । असनमा रहेको रथलाई आज साँझमा असनबाट तानेर लगी हनुमानढोका कालभैरव अगाडी लगिनेछ । वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ जात्राको दोश्रो...

  • २०८१ बैशाख ५, बुधबार

    आज भगवान श्रीरामको जन्मजयन्ती

    मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्म दिनको रुपमा आज रामनवमी हर्षाेल्लासपूर्वक मनाईंदैछ । हिन्दूधर्मावलम्बीहरु आज भगवान श्रीरामको श्रद्धा तथा भक्तिपूर्वक पूजा आराधना गरी यो पर्व मनाइदैछ । हरेक वर्ष चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ । आजको...

  • २०८१ बैशाख ४, मंगलबार

    सेतो मच्छिन्द्रनाथ (जनबहाःद्यः) को जात्रा सुरु हुँदै

    वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको जात्रा अहिले केही बेरमा सुरु हुँदैछ । अहिले करीब ५ बजेतिरको समयमा सेतो मच्छिन्द्रनाथको मूर्तिलाई सानो खटमा राखेर बोकी जमल तीनधारा पाठशाला लगिएको छ । जमलको यहि तीनधारा पाठशाला रहेको स्थानमै सेतो...

  • २०८१ बैशाख ४, मंगलबार

    वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथजात्रा आजदेखि

    वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वर अर्थात् सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट शुरु हुँदैछ । पाहाँ चःह्रे जात्राको समापनलगत्तै जनबहाःद्यः अर्थात् लोकेश्वर करुणामय सेतो मत्स्येन्द्रनाथको रथयात्रा आरम्भ हुन्छ । आज जनबहालबाट सेतो...

  • २०८१ बैशाख ४, मंगलबार

    चैते दसैं धूमधामका साथ मनाईंदै

    आज चैते दसैं । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । चैते दसैंमा हनुमानढोकाको दसैंघरमा घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन रहेको छ । यस्तै यस दिन शक्तिपीठ एवं देवीका...

  • २०८१ बैशाख २, आइतबार

    बोडेमा “जिब्रो छेड्ने” जात्रा मनाईंदै

    बोडेका २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदैछन् । भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक मनाइने ‘जिब्रो छेड्ने जात्रा’ आज हरेक वर्ष वैशाख २ गते मनाईंदैछ । नवौँ पटक जिब्रो छेडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठको...

  • २०८० चैत्र ३०, शुक्रबार

    भक्तपुरको बिस्केट जात्रामा यःसिंद्यः उठाईँदै

    विश्व प्रशिद्ध भक्तपुरको बिस्केट जात्राको क्रममा आज यःसिंखेलमा यःसिंद्यः उठाउन लागिएको छ । अहिले यःसिंखेलमा यःसिंद्यः उठाउन तयारी हुँदैछ । आठ रात नौ दिन लामो बिस्का जात्राको क्रममा आज शुक्रबार भक्तपुरको यःसिंखेलमा ५५ हात लामो यःसिंद्यः उठाईँदैछ ।...

  • २०८० चैत्र २९, बिहिबार

    विस्काः जात्राको रथ भाँचियो

    आठ रात नौ दिनसम्म भव्य रुपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्राको रथ भाँचिएको छ । नित्य पूजापश्चात गुथी संस्थानका प्रमुख र सिकर्मी नाइकेबाट सरकारी पूजा गरेपछि अन्य समुदायको पूजा सकेर ३ बजेदेखि भैरवको रथ तान्न...

  • २०८० चैत्र २७, मंगलबार

    पाहाँचह्रेको तेस्रो दिन असनमा खट जुधाईंदै

    पाहाँचह्रेको तेस्रो तथा अन्तिम दिन आज असनमा देउता जुधाइंदैछ । असनको डवलीमा पहेंलो टोपी, रातो र निलो टोपी लगाएका समूहरु एक आपसमा भेला भई देउता जुधाइन्छ । आज टेबहाल भद्रकाली, वटु भद्रकाली देवीका खट तथा कंकेश्वरी अजिमाको खट धूमधामसँग जात्रा गरी असन...

  • २०८० चैत्र २६, सोमबार

    पाहाँचह्रेको दोस्रो दिन आज मरःजा खुवाईने

    तीन दिनसम्म मनाउने पाहाँचह्रे पर्वको आज दोस्रो दिन टोलटोलमा स–साना बालकालिकाहरुलाई “मरःजा” खुवाएर मनाईंदैछ । आज ब्रतबन्ध तथा वेलविवाह नगरेका साना साना बालबालिकाहरुलाई लस्करै राखेर मरःजा खुवाईंदैछ । मरःजा एक प्रकारको पवित्र भात हो, जुन शुद्धसँग नित्य...

  • २०८० चैत्र २५, आइतबार

    काठमाडौंमा पाहाँचह्रे पर्व शुरु

    उपत्यकाका नेवार समुदायहरुले आज पाहाँचह्रे पर्व मनाईंदैछ । नेवारहरुको ठूलो पर्वको रुपमा मनाउने यसलाई पिशाच चर्तुदर्शीको रुपमा पनि मनाइन्छ । नेपालभाषामा ‘पाहाँ’को अर्थ पाहुना हो भने ‘पासा’को अर्थ साथी हो । चह्रे चन्द्रमासको चौधौँ दिनलाई भनिन्छ। ‘पासा...

  • २०८० चैत्र २३, शुक्रबार

    सिकाली अजिमाका देवगणहरु नासल चोकमा नचाईंदै

    खोकनाको १२ वर्षे सिकाली जात्रा हिजो काठमाडौं आइपुगेको छ । चैत्र २२ गते काठमाडौं पुगेका देवगणहरु हिजो पचलीबाट हनुमानढोका पुगेपछि हनुमानढोकाको नासल चोकमा भैरव नाच पनि देखाइएको थियो । देवगणहरु खोकनाबाट पैदलै यात्रा गरी काठमाडौं आइपुगेको हो । यस क्रममा...

  • २०८० चैत्र २१, बुधबार

    भक्तपुरको प्रसिद्ध जात्रा बिस्केट जात्रा चैत्र २७ देखि

    हरेक वर्ष मनाउँदै आएको भक्तपुरको प्रसिद्ध जात्रा बिस्केट जात्रा आगामी बुधबार चैत्र २७ गतेदेखि सुरु हुने भएको छ । प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीहरुले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार जात्रा मनाउने गर्दछ ।  नयाँ वर्ष सुरु हुनुभन्दा...

  • २०८० चैत्र २०, मंगलबार

    परम्परागत सम्पदाहरुको संरक्षण राज्यबाटै हुनुपर्ने माग

    राष्ट्रकै पहिचानको रुपमा स्थापित परम्परागत अमूर्त सम्पदाहरुलाई राज्यस्तरबाटै संरक्षण, सम्वर्ध्दन र प्रवर्ध्दन गर्न सरोकारवालाहरुले माग गरेका छन् । ललितपुर खोकनाको ऐतिहासिक १२ वर्षे सिकाली जात्रा काठमाडौं ल्याइने सम्वन्धमा जानकारी दिन काठमाडौंमा...

Pages