रातो मच्छिन्द्रनाथको रथारोहण
SamacharDesk | २०८१ बैशाख २७, बिहिबार

नेपालकै सबभन्दा लामो जात्राका रूपमा लिने रातो मच्छिन्द्रनाथको जात्रा आजबाट सुरू भएको छ।
हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा रथारोहण गर्ने चलन अनुरुप आज पाटन मच्छिन्द्र बहालबाट देवतालाई खटमा राखी पुल्चोकस्थित रथमा रथारोहण गरिएको छ।
वैशाख शुक्ल प्रतिपदामा रथारोहण गरिसकेपछि अक्षय तृतीयाका दिन गौदान सहितको शान्ति स्वस्तिपश्चात् चौथी तिथिमा रथयात्रा आरम्भ गरिन्छ।
यसरी रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँहरू पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाइ समापन गर्ने गरिन्छ। रातो मच्छिन्द्रनाथ जात्राभर करिब १५ किलोमिटर डोरीको सहायतामा रथ तानेर परिक्रममा गराइन्छ।
लिच्छवी राजा नरेन्द्र मल्लले लोककल्याणका लागि पाटनका विभिन्न सीपका नेवार समुदायको सामूहिक प्रयासमा ३२ हात लामो रथ निर्माण गर्न लगाएका थिए।
किंवदन्ती अनुसार लिच्छवि राजा नरेन्द्रदेवका पालामा गुरू गोरखनाथले नवनागको आसन बनाई बसिदिएका कारण बाह्र वर्षसम्म पानी नपरी अनिकाल लागेपछि राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त आचाजु, ललित ज्यापु तथा कर्कोटक नागराजा समेत भारतको कामरूप कामाख्या गइ ‘वुंगद्य’ अर्थात् रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याएको मानिन्छ।
मच्छिन्द्रनाथ देखेपछि गोरखनाथ गुरूको दर्शनका लागि जानेक्रममा नवनाग मुक्त भई वर्षा भएको विश्वास छ।
Categorized in संस्कृति