समाज
-
२०८२ मङ्सिर ७, आइतबार
बसले किचेर सहचालकको मृत्यु
काठमाडौंको कोटेश्वर चोकमा बसले किचेर सोही बसका सह चालकको मृत्यु भएको छ । आज (आइतवार) दिउँसो कोटेश्वरमा बसले किचेर सोही बसका सहचालक भक्तपुर नगरपालिका–१० का ४१ वर्षीय सुरेन्द्र लागेको मृत्यु भएको हो । बा.३ ख ७३८७ नम्बरको बस गुडिरहेको अवस्थामा बसबाट...
-
२०८२ मङ्सिर ७, आइतबार
सांस्कृतिक शान्ति तथा सद्भाव र्यालि सम्पन्न
संयुक्त अभियान समुहको आयोजनामा शनिबार सांस्कृतिक शान्ति तथा सद्भाव र्याली सम्पन्न गरेको छ । देशमा विद्यमान तरल अवस्था, मौलिक सम्पदा तथा समुदायको रक्षार्थ पौरख गौरव, हाम्रो संस्कृति, महान राष्ट्र र राष्ट्रियता बचाउन सांस्कृतिक शान्ति तथा सद्भाव...
-
२०८२ मङ्सिर ५, शुक्रबार
टेलिभिजनले सबैलाई फेरी एउटै मालामा गाँसोस्
आज नोभेम्बरको २१ तारीख अर्थात विश्व टेलिभिजन दिवस । आजको दिनमा नयाँ पुस्तालाई टिभिको खासै महत्व राख्दैन होला । स्मार्ट फोनको जमानामा टिभि हेर्ने कुनै चासो नै छैन होला । तर कुनै जमाना थियो, यहि टिभि सेट एउटाले पुरै गाउँ, टोल समाजलाई एउटा सुत्रमा...
-
२०८२ मङ्सिर ४, बिहिबार
भरतपुरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
चितवनको भरतपुरमा भएको एक सडक दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१४ बरौजी चोकमा भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२२ पटिहानी बस्ने २६ वर्षीय कबिन महतोको मृत्यु भएको हो । आज (बिहिवार) दिउँसो बरौजी...
-
२०८२ मङ्सिर ४, बिहिबार
कालधारामा भएको सडक दुर्घटनामा एकको मृत्यु
काठमाडौंको कालधारा चोकमा भएको सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ । आज (बिहिवार) विहान उक्त सडकमा एक मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार धादिङका १८ वर्षीय सजन रेग्मीको मृत्यु भएको हो । बाग्मती प्रदेश ०२–०३३ प ३३९७ नम्बरको...
-
२०८२ मङ्सिर ४, बिहिबार
दोस्रो पर्यटन फोटो पत्रकारिता तालिम धनगढीमा सुरु
सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा पर्यटन फोटो पत्रकारिता तालिमको दोस्रो संस्करण सुरु भएको छ । नेपाल पर्यटन बोर्ड (एनटीबि) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहलमा सञ्चालित दीगो पर्यटन परियोजना (एसटीपी) ले तालीम सुरु...
-
२०८२ मङ्सिर ३, बुधबार
विश्व शौचालय दिवस मनाईँदै
आज नोभेम्बर १९, विश्वभरी विभिन्न कार्यक्रम गरी विश्व शौचालय दिवस मनाईँदैछ । संयुक्त राष्ट्र संघले १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको रुपमा मनाउँदै आएको छ । यस वर्ष शौचालय दिवसको लागि ‘बदलिँदो संसारमा सरसफाइ’ (Sanitation In a Changing World) राखिएको...
-
२०८२ कार्तिक २५, मंगलबार
पर्यटकको स्वागतका लागगि तयार छ धनकुटाको ’ओरेन्ज सिटी’
धनकुटाको राणाकालीन सहर कोप्चे अहिले ओरेन्ज सिटीको रुपमा चिनिएको छ । यहि ओरेन्ज सिटी अहिले पर्यटकको स्वागतका लागि तयार छ । पर्यटकको स्वागतका लागि तयार भएको सन्देश दिन नेपाल पर्यटन बोर्ड, ईसिमोड, दीगो विकास, सामुदायिक होमस्टे नेटवर्क, हुसाडेक, स्मार्ट...
-
२०८२ कार्तिक २३, आइतबार
जोशी समाज काठमाडौं जिल्लामा बीरेन्द्र कुमारको नेतृत्व
जोशी समाज काठमाडौं जिल्लाको वर्तमान कार्यकाललाई बीरेन्द्र कुमार जोशीले नेतृत्व गर्ने भएका छन् । जोशी समाज काठमाडौं जिल्लाको शनिवार कीर्तिपुरमा सम्पन्न साधारण सभा साथै आठौं अधिवेशनले बीरेन्द्र कुमारलाई समितिको नयाँ अध्यक्ष चयन गरेको हो । सर्वसम्मत...
-
२०८२ कार्तिक २२, शनिबार
पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु
पोखरामा आज विहान भएको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । कास्की पोखरा महानगरपालिका–२९ आदर्श चोकमा भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार तनहुँ भिमाद नगरपालिका–६ बस्ने २४ वर्षीया किरण रानाको मृत्यु भएको हो । पोखराबाट तनहुँतर्फ जाँदै गरेको...
-
२०८२ कार्तिक १६, आइतबार
उदयपुरमा सय किलो बढि गाँजा बरामद
उदयपुरमा आज (आइतबार) विहान सय किलो भन्दा बढि गाँजा बरामद भएको छ । बेलका नगरपालिका–८ कोठु दोभानस्थित सप्तकोशी नदी किनारबाट करीब १३४ किलो गाँजा प्रहरीले बरामद गरेको हो । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीको टोलीले २ वटा रबरको...
-
२०८२ कार्तिक १४, शुक्रबार
सिन्धुलीको मध्यपहाडी लोकमार्ग अबरुद्ध
हिजो (बिहिवार) विहानबाट परिरहेको निरन्तर वर्षाले सिन्धुलीको मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ को अक्करे भीरमा पहिरो खसेसँगै मध्यपहाडी लोकमार्ग अबरुद्ध भएको हो । गएको राती लेदोसहितको पहिरो खसेको थियो । पहिरो...
-
२०८२ कार्तिक १३, बिहिबार
सवारी दुर्घटनामा एक जनाको मृत्यु
चितवनको भरतपुरमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज दिउँसो भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित सडकमा एउटा कन्टेनर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक पुरुषको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार धादिङ गजुरी...
-
२०८२ कार्तिक १२, बुधबार
जोकर भनी लाखेको फोटो राखिएकोमा संजिवनीले माग्यो माफी
आफुले प्रकाशन गरेको पाठ्यपुस्तकमा लाखेलाई जोकर भनी छापिएकोमा संजिवनी पब्लिकेशन एन्ड डिस्ट्रिब्युटरले माफी मागेको छ । किताबमा Jj-Joker भनेर लाखेको फोटो छापिएकोमा संजिवनीले आज (बुधवार) विज्ञप्ती जारी गर्दै माफी मागेको हो । पब्लिकेशनले प्रकाशन गरेको...
-
२०८२ श्रावण १८, आइतबार
मातृभाषा संरक्षणका लागि प्लेकार्ड प्रदर्शनी
मातृभाषा संरक्षण, प्रवर्ध्दन र विकासको लागि सचेतना जगाउनका लागि भन्दै प्लेकार्ड प्रदर्शनी गरिएको छ । नेवाः ग्वहालि पुचः र नेवाः मिसा ग्वहालि पुचःले गुंला पर्वमा दर्शनार्थीहरु स्वयम्भू महाचैत्य दर्शन गर्न आउने सन्दर्भ पारेर भगवानपाउ क्षेत्रमा...
-
२०८२ श्रावण १५, बिहिबार
अमेरिकाका मनोहरले विश्वभरीका नेवाःको नेतृत्व गर्ने
विश्वभरीका नेवाःहरुको छाता संगठन वर्ल्ड नेवाः अर्गनाइजेसनमा अबको कार्यकालमा अमेरिकाका मनोहर श्रेष्ठले नेतृत्व गर्ने भएका छन् । अर्गनाइजेसनको चौथो अध्यक्षको रुपमा निर्विरोध निर्वाचित भएसँगै श्रेष्ठले अबको कार्यकाललाई नेतृत्व गर्ने भएका हुन् । यद्यपि...




