बहराइनका सैन्य अखडाहरुमा मिसाइल र ड्रोन हमला
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ मङ्सिर ७, आइतबार
ईरानले बहराइनको सैन्य अखडाहरुमा तैनाथ अमेरिकाका दुई पैट्रियट एयर डिफेन्स राडार सिस्टममा मिसाइल र ड्रोन हमला गरेको छ ।
ईरानको इस्लामिक रेभोल्यूशनरी गार्ड कॉप्र्स (क्ष्च्न्ऋ) ले बहराइनको अल–रफा र अवाली वायुसेना आधारमा अमेरिकी वायु रक्षा राडार प्रणालिहरुलाई निशाना बनाएको बताएको छ ।
यस हमलालाई आफ्नो हवाई क्षेत्रमा कथित उल्लंघन र हेंगम द्वीपमा एउटा राडारको स्थानमा अमेरिकी हमलाको जवाफ भनेको छ ।
यसै बीचमा बहराइनमा हमला पछि एउटा औद्योगिक प्रतिष्ठानमा आगलागी भएको खबर छ । दमकल र नागरिक सुरक्षा दल आगलागिलाई नियन्त्रणमा लिन जुटेको छ । घटनामा कुनै किसिमको मानवीय क्षतिको खबर छैन ।
अर्कोतर्फ हर्मुज जलडमरूमध्यको आसपास तेल ट्याकरहरुमा हमला र अमेरिकी ड्रोन खसालिएको दावीले समुद्री सुरक्षालाई चिन्ता बढाएको छ ।
हमला पछि जारी खतराको चेतावनी फिर्ता लिँदै स्थिति सामान्य भएको जानकारी दिइएको छ । यद्यपि, स्थानीय प्रशासनले आम नागरिकलाई सतर्क अवस्थामा रहन सल्लाह दिएको छ ।
ईरानी संसदका विदेश नीति र राष्ट्रीय सुरक्षा समितिका प्रवक्ता इब्राहिम रेजाईले ईरानको आधारभूत पूर्वाधारहरुमा हमला भए तेहरान इजरायली अखडाहरुलाई निशाना बनाई जवाफ दिने बताएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय





