arin enterprises

समाज

  • २०८१ भाद्र २२, शनिबार

    सामूहिक गणेश पूजा सम्पन्न

    गणेश चर्तुर्थीको अवसरमा काठमाडौंको कोहिटीस्थित श्री नीलबाराही गुथी खलःले सामुहिक गणेश पूजा सम्पन्न गरेको छ । गणेश पूजा श्री नीलबाराही मिसाः पुचःको संयोजनमा भएको हो । सामूहिक गणेश पूजामा ३३ जना ससाना बालकहरुलाई पूजा गरिएको थियो । पूर्व मेयर...

  • २०८१ भाद्र २१, शुक्रबार

    चित्तपोल जंगलबाट यःसिं विधिपूर्वक ल्याइँदै

    काठमाडौंको उपत्यकाको प्रसिद्ध ईन्द्रजात्राको लागि भक्तपुरबाट यःसिं ल्याइँदैछ । यःसिंलाई काठमाडौंको हनुमानढोका दरबार अगाडि ठ्डयाएपछि औपचारिक रुपमा ईन्द्रजात्रा सुरु हुन्छ । यःसिंलाई लिङ्गो वा ईन्द्रध्वज पनि भनिन्छ । भक्तपुरको चित्तपोलको जङ्गलबाट...

  • २०८१ भाद्र १८, मंगलबार

    क्यालिग्राफी महाेत्सवमा क्यालिग्राफी एपकाे शुभारम्भ

    नेपाली क्यालिग्राफीको विकास र प्रवर्द्धनको लागि भन्दै आयोजित ’नेपाल अक्षर’ नामक कार्यक्रम काठमाडौँमा सम्पन्न भएको छ । नेपाल क्यालिग्राफी महोत्सव २०२४ को दोस्रो संस्करणको रूपमा ‘क्यालिग्राफी नेपाल’ र ‘क्यालिजात्रा’को संयुक्त आयोजनामा ‘नेपाल अक्षर’...

  • २०८१ भाद्र १७, सोमबार

    बाँकेमा झाडापखालाबाट ४ को मृत्यु

    बाँकेको नरैनापुरमा झाडापखालाका कारण चार जनाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् । नरैनापुर गाँउपालिका-३ मा एउटै घरका ३ जना र अन्य एक जना सहित ४ जनाको मृत्यु भएको हो । नरैनापुर–३...

  • २०८१ भाद्र १५, शनिबार

    बराल वंश प्रतिष्ठानले गर्यो तीज विशेष कार्यक्रम

    बराल वंश प्रतिष्ठानले शनिबार तीज विशेष तथा नारी सम्मानको कार्यक्रम गरेको छ । देश विदेशमा छरिएर रहेकाका बराल वंशका छोरी तथा बुहारीहरुलाई एकै स्थानमा भेला गराई दर खाने कार्यक्रम गरिएको थियो । नेकपा एमालेकी युवा नेतृ सुनिता बरालको प्रमुख आतिथ्यमा भएको...

  • २०८१ भाद्र १४, शुक्रबार

    मूर्त–अमूर्त सम्पदा रक्षार्थ लागिरहने छु : मन्त्री हरिप्रभा खड्गी

    नेपालभाषा केन्द्रीय विभागले ४४ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठले “काठमाडौँ उपत्यका जीवन्त सङ्ग्रहालय हो” भन्नुभयो । यहाँका मूर्त–अमूर्त सम्पदा,...

  • २०८१ भाद्र १३, बिहिबार

    पञ्चदान पर्व भव्यताकासाथ मनाइने

    बौद्धमार्गीहरुको ठूलो पर्व पञ्चदान हरेक वर्ष जस्तै यो वर्ष पनि नेपाल परम्परागत बौद्धधर्म संघले भव्यताका साथ मनाउने भएको छ । यही आउँदो भाद्रा १५ गते शनिबारका दिन काठमाडौंको ठमेलमा भेला भएर पञ्चदान पर्व मनाउन लागिएको छ । यसका लागि संघले पञ्चदान मूल...

  • २०८१ भाद्र १२, बुधबार

    “हेर्ने कथा”बाट चर्चित प्रकाश तामाङले छिट्टै नागरिकता पाउने

    ‘हेर्ने कथा’ को सहयोगमा ३५ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन भएका प्रकाश तामाङ (काले मोक्तान)ले नागरिकता पाउने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेर्ने कथा’मा प्रकाश तामाङको कथा हेरेपछि उहाँलाई तत्काल नागरिकता दिलाउन पहल गर्नुभएको छ ।...

  • २०८१ भाद्र ११, मंगलबार

    किशोरीहरुका दिन नेपालकाे क्षमता अभिवृद्धि तालीम सम्पन्न

    किशोरीहरुका दिन नेपाल (Days for Girls Nepal) ले आफ्ना टिम र इन्टरप्राइजका लागि तीन दिने क्षमता अभिवृद्धि तालीम सम्पन्न गरेको छ । स्थानीय तहमा योजना तर्जुमा तथा बजेट निर्माण प्रक्रिया विषयक सो तालिममा धादिङ, जनकपुर, हेटौंडा र चितवनबाट चार पुरुष सहित...

  • २०८१ भाद्र ४, मंगलबार

    विभिन्न सम्मानसँगै प्रहरी श्रीमती संघको वार्षिकोत्सव सम्पन्न

    आआफ्नो क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्तिहरुलाई सम्मान गर्दै नेपाल प्रहरी श्रीमती संघको ४०औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा...

  • २०८१ भाद्र ३, सोमबार

    पाटन क्वबहालको एक घरमा आगलागी

    पाटन क्वबहालको एक घरमा आज विहान आगलागी भएको छ । ललितपुर महानगरपालिका–१६ क्वबहालमा अजरमान शाक्यको घरमा आगलागी भएको हो । आज करीब बिहान ९ बजे तिर उक्त घरमा आगलागी सुरू भएको थियो । तीन तल्ले घरमा माथिल्लो तलामा आगलागी भएको थियो । तीन वटा दमकलको सहायताले...

  • २०८१ भाद्र ३, सोमबार

    नेपालमा जलवायू परिवर्तन सम्वन्धि सचेतना फैलाउँदै मनाइयो फोटोग्राफी दिवस

    आज अगस्ट महिनाको १९ तारीख । आजको दिन विश्वभरीको फोटोग्राफरहरुको लागि एउटा विशेष दिन हो । किनकि आज विश्व फोटोग्राफी दिवस हो । आज विश्वभरी विभिन्न कार्यक्रम गरी १८५औं विश्व फोटोग्राफी दिवस मनाईँदैछ । विश्वभरीका फोटोग्राफर र फोटोग्राफी सम्वद्ध...

  • २०८१ भाद्र १, शनिबार

    कीर्तिपुरको बाघ भैरवमा स्वर्ण शक्ति भैरवको मूर्ति स्थापना

    कीर्तिपुरको बाघ भैरव मन्दिरमा बाघ भैरव स्वर्ण शक्ति भैरवको मूर्ति स्थापना गरिएको छ । ल्हामो ह्याण्डीक्राफ्टबाट निर्मित उक्त मूर्ति कीर्तिपुरको बाघ भैरव मन्दिरमा स्थापना गरिएको हो । शुक्रबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी बाघ भैरव स्वर्ण शक्ति...

  • २०८१ श्रावण ३१, बिहिबार

    काठमाडौंमा क्यालिग्राफी महोत्सव आयोजना हुँदै

    रन्जना, प्रचलित, भुजिंम्वः, देवनागरी लगायतका लिपिहरुसँग सम्वन्धित भई क्यालिग्राफी महोत्सव काठमाडौंमा हुने भएको छ । नेपालका विभिन्न लिपिहरुसँग सम्वन्धित भई विभिन्न गतिविधिहरु गर्दै काठमाडौंमा नेपाल अक्षर, नेपाल क्यालिग्राफी महोत्सव २०२४ को आयोजना हुन...

  • २०८१ श्रावण ३०, बुधबार

    ललितपुरको महालक्ष्मी सडकमा भ्वाङ

    ललितपुरको महालक्ष्मी नगरपालिका– ३ बाक्लोगाँउ चोक अगाडिको सडक भासिएर भ्वाङ परेको छ । सडक भासिएपछि महालक्ष्मी नगरपालिका-३ बाक्लोगाउँ चोकभन्दा अगाडि नयाँ पुल-बोझेपोखरी हुँदै इमाडोलतर्फ जाने भित्री सडकमा सवारी आवागमन अवरुद्ध भएको छ । केही दिनदेखि...

  • २०८१ श्रावण २८, सोमबार

    विदेश सचिव मिस्रीबाट नेपालभाषा परिषद् भवन उद्घाटन

    दुई दिने नेपाल औपचारिक भ्रमणमा आउनु भएका भारतीय विदेश सचिव विक्रम मिस्रीले हिजो नेपाल भाषा परिषद्को नयाँ भवन उद्घाटन गर्नुभएको छ । भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत उक्त परिषद् भवन निर्माण गरिएको हो । आइतबार विदेश सचिव...

Pages