arin enterprises

समाज

  • २०८१ जेठ २८, सोमबार

    वाग्मती नदि महोत्सवको २४ औं संस्करण आयोजना गरिने

    एकाईसौं शताब्दीको महोत्सवको रुपमा बाग्मती नदि महोत्सवको २४औं संस्करण मनाइने भएको छ । नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लबको आयोजनामा विभिन्न नीजी, सरकारी तथा सामाजिक संघसंस्थाको संयुक्त सहकार्यमा यस महोत्सवको २४औँ संस्करण मनाउन लागिएको हो ।...

  • २०८१ जेठ २५, शुक्रबार

    मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउनेबारे लुम्बिनी प्रदेशमा छलफल

    लुम्बिनी प्रदेशमा मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउने सम्बन्धमा लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा छलफल भएको छ । संविधानमा व्यवस्था भए अनुसार भाषा आयोगको सिफारिसलाई कार्यान्वयन गर्ने सम्बन्धमा कार्यक्रममा छलफल गरिएको थियो । कार्यक्रममा...

  • २०८१ जेठ २५, शुक्रबार

    यंगाःहिति परिसरमा मध्यकालिन संरचनाहरु फेला

    काठमाडौंको यंगालस्थित लिच्छविकालिन यंगाःहिति परिसरमा मध्यकालिन संरचनाहरु फेला परेको छ । सो स्थानमा ईंटाबाट निर्मित प्राचिन संरचना फेला परेको छ । काठमाडांैको यंगाल टोलमा रहेको यस हिति परिसरमा ईँटाको संरचना भित्रै अंगार र खरानीको थुप्रो पनि फेला परेको...

  • २०८१ जेठ २४, बिहिबार

    काठमाडौं महानगर उपप्रमुख डंगोलले गरिन् बेलायतमा काठमाडौंको चर्चा

    विभिन्न स्थानीय संघसंस्था, समुदायसँग अन्तरक्रिया सम्वाद गर्दै काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलकाको बेलायत भ्रमण सम्पन्न भएको छ । काठमाडौं महानगर उपप्रमुख डंगोलले एक साताको बेलायत भ्रमणको क्रममा अलग अलग चार वटा कार्यक्रममा पनि भाग लिइन्...

  • २०८१ जेठ २१, सोमबार

    जातीय भेदभाव विरुद्ध न्यूरोडमा कार्यक्रम हुँदै

    आज जेठ २१ अर्थात जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस । जातीय भेदभाव र छुवाछुट नगरौं भन्ने सन्देश सहित आज नेपालभरी विभिन्न कार्यक्रम यो दिवस मनाईँदैछ । २०६३ २१ जेठ मा संसद्ले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो भने यसै दिनको...

  • २०८१ जेठ १८, शुक्रबार

    स्वास्थ्य चेकजाँच गर्न दुई घण्टा हिंड्नुपर्ने बाध्यता

    केन्द्रीय मानन्धर संघले रामेछापको सुनापति गाउँपालिका खनियापानीमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संघले सुनापति गाउँपालिका खनियापानी स्वास्थ्य चौकीमा स्त्रीरोग, दाँत, आँखा, जनरल फिजिसियन तथा फिजियोथेरापी सेवा संलग्न गरी शिविर सञ्चालन गरेको हो ।...

  • २०८१ जेठ १८, शुक्रबार

    अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु हुँदै

    पहिलो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन नजिकिदैं गर्दा सम्मेलनको तयारी तीव्र बनाइएको छ भने विदेशी पत्रकारहरु पनि धमाधम काठमाडौं पुग्दैछन् । आउँदो जेठ १९ र २० गते हुन गइरहेको दुई दिने सम्मलेनमा भाग लिनका लागि विभिन्न देशबाट पत्रकारहरु आउने...

  • २०८१ जेठ १७, बिहिबार

    सुर्खेत र मकवानपुर दुर्घटनामा सातको मृत्यु

    सुर्खेतबाट कालीकोट आउँदै गरेको  जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । दुर्घटनामा परी ज्यान गुमाएका चारमध्ये तीन जनाको सनाखत भएको छ । मृतक सबै कालीकोटका रहेका छन् । भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित...

  • २०८१ जेठ १६, बुधबार

    महिनावारीकाे विषयलाई जटिल बनाउन नहुनेमा जोड

    महिलामा हुने महिनावारी प्राकृतिक विषय भएकाले यसलाई जटिल बनाउन नहुनेमा सरोकारवालाले जोड दिएका छन् । दशौं महिनावारी स्वच्छता दिवसको अवसरमा काठमाडौंमा बुधबार आयोजित कार्यक्रमका वक्ताहरुले महिनावारीलाई मर्यादित र स्वच्छ बनाउन परिवार नै सचेत हुनुपर्ने...

  • २०८१ जेठ १६, बुधबार

    हिमाल आरोहीहरूका लागि कोष स्थापना गर्ने प्रधानमन्त्रीको उद्घोष

    आज मे २९, नेपालको साथै विश्वका विभिन्न देशहरुमा पनि ७१औँ अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम मानिसको पाइला परेको दिनको स्मरणमा मे २९ लाई सगरमाथा दिवसको रुपमा मनाउने गरिएको छ । नेपाली नागरिक नेन्जिङ...

  • २०८१ जेठ १४, सोमबार

    चार सवारी साधन एक आपसमा जुध्दा १ को मृत्यु २२ घाइते

    मुग्लिन–नारायणगढ सडकखण्डमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किंदा उक्त घटना घटेको हो । गएराति १२ बजे...

  • २०८१ जेठ १०, बिहिबार

    बाल विकासका शिक्षकहरूको लागि क्षमता अभिवृद्धि तालिम

    प्युठानको ऐरावती गाउँपालिका–२ बरौलामा प्रारम्भिक बाल विकासका शिक्षकहरूको लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । सोमबारबाट सुरु भएको तीन दिने तालिम बुधबार सम्पन्न भएको हो । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय...

  • २०८१ जेठ १०, बिहिबार

    घरेलु हिंसा, बालविवाह, बहुविवाह सम्बन्धी सचेतिकरण कार्यक्रम सम्पन्न

    प्युठानको सरूमारानी गाउँपालिका–६ बुढिचौरमा घरेलु हिंसा, बालविवाह, बहुविवाह सम्बन्धी सचेतिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापाले घरेलु हिंसा, बालविवाह, बहुविवाह न्यूनीकरणका...

  • २०८१ जेठ ८, मंगलबार

    युगकवि सिद्धिचरण श्रेष्ठको ११३औं जन्मजयन्ती मनाइयो

    युगकवि सिद्धिचरण श्रेष्ठको १ सय १३औं जन्मजयन्ती मंगलबार मनाइयो । वि.सं. १९६९ साल जेठ ९ गते आजकै दिन युगकवि श्रेष्ठको जन्म ओखलढुंगामा भएको थियो । उनी नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक मानिन्छन् । दिवसका अवसरमा राजधानीमा कवि...

  • २०८१ जेठ ५, शनिबार

    ‘आतंकवादी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धी कसूरको अनुसन्धान’ विषयक एकदिने गोष्ठी सम्पन्न

    नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आयोजनामा ‘सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धी कसूरको अनुसन्धान’ विषयक एकदिने गोष्ठी शनिबार सम्पन्न भएको छ । कार्यक्रममा नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालले...

  • २०८१ जेठ ४, शुक्रबार

    वातावरण बचाउन विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्नेमा जोड

    ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले पछिल्लो समय वातावरण बचाउनका साथसाथै खर्च कम गर्न पनि नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढाउनु आवश्यक भएको बताएका छन् । शुक्रबार स्पार्क कारले आयोजना गरेको ‘ग्रीन मोबिलिटी एण्ड टुरिजम...

Pages