गुरुमाँहरुको स्वास्थ्योपचारका लागि अक्षयकोषको स्थापना
SamacharDesk | २०८१ आषाढ २७, बुधबार

थेरवाद बुद्धधर्मका गुरुमाँ धम्मावती गुरुमाँको नाममा स्वास्थ्य अक्षयकोषको स्थापना हुने भएको छ ।
धर्मकीर्ति विहार तथा उक्त विहारको शाखा विहारमा रहेका गुरुमाँहरुको निःशुल्क स्वास्थ्योपचारका लागि उक्त अक्षयकोषको स्थापना गरिन लागेको हो ।
उक्त अक्षयकोष स्थापना गरी क्षेत्रपाटी निःशुल्क चिकित्सालयसँग समन्वय गरी स्वास्थ्योपचार कार्य गरिने धर्मकीति विहारले जनाइएको छ ।
धर्मकीर्ति विहारबाट १० लाख रुपैयाँ र उपासक, उपासिकाबाट पनि आर्थिक सहायता जम्मा पारी उक्त अक्षयकोष स्थापना गर्न लागिएको हो ।
यसरी अक्षयकोष स्थापना भएपश्चात क्षेत्रपाटी निःशुल्क अस्पतालबाट अप्रेशन बाहेक सम्पूर्ण स्वास्थ्य सेवा गुरुमाँहरुलाई प्रदान गर्ने तयारी भइरहेको बताइएको छ ।
तसर्थ यस पुण्यको काममा सबैले आपूmले सकेको आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ ।
उक्त अक्षयकोषको घोषणा आउँदो आइतबार विहान ८ बजे धर्मकीर्ति विहारमा एक कार्यक्रमकाबीच गर्न लागिएको छ ।
Categorized in समाज