जर्मनीमा “नेवाः तजिलजि नखः” कार्यक्रम सम्पन्न
SamacharDesk – समाचार श्राेतः रामगाेपाल तमखु | २०८१ श्रावण ८, मंगलबार

जर्मनीमा बसोवास गर्दै आएका नेवाः समुदायले जर्मनीमा “नेवाः तजिलजि नखः” कार्यक्रम सम्पन्न गरेको छ ।
गत आईतवार पासा पुच्च जर्मनीले फ्य्राङ्कफर्ट शहरमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।
ब्यवसायी एवं समाजसेवी कार्यक्रमका संयोजक शंकर महर्जनले मौलिक नेपाली कला संस्कृती, भाषा, भेषभुषा, संस्कृतिको जगेर्ना गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्दै जाने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताए ।
कार्यक्रममा नेवाः परिकार सम्हयबजिको साथमा लाखे नाच, लाईभ म्युजिक लगायत बिभिन्न नाचगान गरिएको थियो ।
कार्यक्रमको प्रमुख आकर्षणको रुपमा भक्तपुरको प्रसिद्ध सापारुको नाच “घिङताङ किसि ट्वाक” नाच रहेको कार्यक्रम संयोजक महर्जनले जानकारी दिए ।
कार्यक्रममा जर्मनीमा रहेका बिभिन्न संघसस्था, व्यवसायी, विद्यार्थी र युरोपमा रहेका गैर नेवाः लगायत युरोपियनहरु गरी करिव चार सय जनाको सहभागीता रहेको महर्जनले बताए ।
कार्यक्रममा वर्ल्ड नेवाः अर्गनाइजेशन (wno) का केन्द्रीय उपाध्यक्ष रजनी प्रधान, सल्लाहकार रविन्द्रमान श्रेष्ठ, दिनेश प्रधान, wno का युरोप संयोजक साथै नेवाः खल हम्वर्ग जर्मनीका संस्थापक कुमार नापित, नेवाः खलः हम्वर्ग जर्मनीका संस्थापक अध्यक्ष मानव कुमार श्रेष्ठ र नेपालमा अपाङ्गता क्षेत्रमा बिगत ४ दशक देखि सेवा गर्दै आएका रमेश श्रेष्ठ लगायतको सहभागीता थियो ।
Categorized in समाज