arin enterprises

कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको अन्त्यष्टि गरियो

SamacharDesk | २०८१ श्रावण ११, शुक्रबार

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको ६० वर्षको उमेरमा गएराति निधन भएको छ ।

उहाँको आज राती वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । नेपाली कांग्रेसबाट कीर्तिपुरको मेयरमा निर्वाचित नकर्मीको मिर्गौला समस्याका कारण निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

नकर्मीको पार्थिव शरीरलाई अन्तिम दाहसंस्कार कीर्तिपुर ३ वडाको दीखु मसानमा गरिएको छ । उहाँको पार्थिव शरीरलाई उनका छोरा राहुल नकर्मीले दागबत्ति दिइएको छ ।

यसअघि नकर्मीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ देखि ११ बजेसम्म नगरपालिकाको कार्यालयमा राखिएको थियो ।

मेयर नकर्मीको लामो समयदेखि अस्पतालमा नियमित मिर्गौलाको डायलिसिस हुँदै आएको थियो ।

यही साउन २ गतेदेखि भने स्वास्थ्यमा समस्या बढेपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।

वि.सं. २०२२ सालमा बाबु राजमान नकर्मी तथा माता लक्ष्मी नकर्मीको कोखबाट कीर्तिपुर खसिबजारमा उहाँको जन्म भएको थियो ।

दिवंगत मेयरका श्रीमती जमुना नकर्मी, छोरी राज्ञी नकर्मी र छोरा राहुल नकर्मी छन् । आफ्नो स्वास्थ्यमा निरन्तर समस्या आएपछि उहाँले साउन १ गतेदेखि नै उपमेयर शाक्यलाई कार्यवाहक मेयरको जिम्मेवारी दिनुभएको थियो ।

मेयर नकर्मीको सम्मानमा आज शुक्रबार कीर्तिपुर नगरपालिकामा शोक विदा दिएको छ ।

Categorized in समाज