पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको निधन
SamacharDesk | २०८१ श्रावण ३, बिहिबार

द्वारिकाज होटल तथा रिसोर्टकी सञ्चालक एवं वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको निधन भएको छ ।
उपचारका क्रममा ९२ वर्षको उमेरमा ललितपुरको मेडिसिटी अस्पतालमा उनको निधन भएको उनको परिवारले जनाएको छ ।
उहाँको पार्थिव शरीरलाई भोलि शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ । निमोनिया र बाथ रोगबाट पीडित श्रेष्ठ दुई महिनादेखि उपचाररत थिइन् ।
श्रेष्ठले चार वर्षअघि क्यान्सरलाई जितेकी थिइन् । सन् १९९१ देखि पूर्णरूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै होटल तथा पर्यटन व्यवसायमा विगत ६५ वर्षदेखि सक्रिय थिइन् । उनका दुई छोरी छन् । उनको श्रीमान् र छोराको यसअघि निधन भइसकेको छ ।
उहाँको निधनले होटल सङ्घ नेपालले मुलुकको पर्यटन तथा होटल व्यवसायको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउदै आउनु भएकी श्रेष्ठको निधनबाट यस क्षेत्रलाई अपूरणीय क्षति पुगेको जनाएको छ ।
Categorized in समाज