arin enterprises

तिब्बतमा शक्तिशाली भूकम्प

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ कार्तिक ७, शुक्रबार

तिब्बतको एक पहाडी क्षेत्रमा भूकम्प गएको छ ।

चीनिया सरकारी संचारमाध्यमका अनुसार तिब्बतको पहाडी क्षेत्र नागकु क्षेत्रको बाकेन काउन्टी केन्द्रविन्दु भई ७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो ।

खबर अनुसार हालसम्ममा भूकम्पमा परि कम्तीमा १६ जनाको मृत्यु भएको छ । भूकम्पमा दर्जनौं मान्छेहरु घाइते भएका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा ३३९ वटा घर पूर्णरुपमा क्षति भएको छ भने उक्त क्षेत्रमा विद्यूत आपूर्ती बन्द भएको छ ।

१९५० को दशकमा तिब्बतलाई आफ्नो कब्जामा लिएपछि चीनले यस क्षेत्रलाई स्वायत्त क्षेत्र भन्दै आएको छ । बाकेन काउन्टी तिब्बतको राजधानी ल्हासाबाट ४ सय किलोमीटर उत्तरपूर्वमा अवस्थित छ ।

उक्त क्षेत्रमा हाल आपतकाल घोषणा गरिएको छ भने अधिकारिहरु उद्धारमा खटिएका छन् । उचाईमा रहेको भूकम्प प्रभावित क्षेत्रमा पुग्न उद्धार टोलीलाई कठिनाई भइरहेको जनाइएको छ ।

माथिबाट ठुलठुला चट्टानहरु खस्दा त्यहाँका सडकहरु अवरुद्ध भएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय