एनपीएलको टिकट विक्रि सुरु
SamacharDesk – समाचारडेस्क स्पोर्ट्स ब्यूरो | २०८३ कार्तिक ७, शुक्रबार
बडादशैं विस्तारै सकिँदै गएको समयमा नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको माहौल भन गर्मिएको छ । कीर्तिपुरमा एनपीएलका लागि ठुलठुला गेटहरु बनाइएको छ भने लिगको तयारी पनि तीब्र बनेको छ ।
यसै क्रममा नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको एनपीएलको टिकट मूल्य सार्वजनिक गरेको छ ।
क्यानले जनाए अनुसार एनपीएलका लिग चरणका खेलहरुको लागि साधारण टिकटको मूल्य ५ सय रुपैयाँ रहेको छ भने प्रिमियम टिकटको मूल्य एक हजार रुपैयाँ तोकिएको छ ।
इलिमिनेटर खेलका लागि भने साधारण टिकटको मूल्य एक हजार र प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ तोकिएको छ । फाइनल खेलका टिकटको लागि पनि यहि मूल्य निर्धारण गरिएको छ ।
एनपीएलको तेश्रो संस्करण आउँदो अक्टोबर २६ बाट सुरु भएर नोभेम्बर २१ मा सम्पन्न हुनेछ । लिगका लागि ईसेवामार्फत टिकट विक्रि सुरु भइसकेको क्यानले जनाएको छ ।
Categorized in स्पाेर्ट्स




