डा. केसी फेरी सत्याग्रहमा
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ कार्तिक १३, बिहिबार
इलाम । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसीले फेरी सत्याग्रह सुरु गरेका छन् ।
डा.केसीले इलाम सदरमुकामस्थित नारायणस्थानमा आज (बिहीबार) बाट २५औँ सत्याग्रह सुरु गरेका हुन् । सरकारसँग पटक–पटक भएका सहमति अहिलेसम्म कार्यान्वयन नगरेको भन्दै डा. केसीले फेरी सत्याग्रह सुरु गरेका हुन् ।
मापदण्डविपरीत मेडिकल कलेजमा सिट वृद्धि निर्णय खारेजी, ७५ प्रतिशत छात्रवृत्ति सुनिश्चितता, पदाधिकारी नियुक्तिमाथि निष्पक्ष छानबिन, गेटा अस्पताल पूर्ण क्षमतामा सञ्चालन, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज स्थापना गर्ने लगायतका माग डा. केसीको रहेको छ ।
Categorized in राष्ट्रिय




