arin enterprises

पोखराको बस दुर्घटनामा आमा छोराको मृत्यु, २८ विद्यार्थी घाइते

SamacharDesk | २०८१ श्रावण १४, सोमबार

पोखराको मट्टिखान नजिकै बिद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

एलपी देवकोटा मेमोरियल स्कुलमा पढ्ने ५ वर्षका प्रिन्स विकको पनि मृत्यु भएको छ । यसअघि सोही विद्यालयकी कार्यालय सहयोगी आरती विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रिन्स, आरती विकका ५ वर्षीय छोरा हुन् । दुवै जनाको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको थियो । दुर्घटनामा परेर २८ जना घाइते भएका छन् ।

आज बिहान पोखरा–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थी सहित दुर्घटनामा परेको हो ।

घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।

घटना लगत्तै चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ ।

Categorized in समाज