पर्यटन बोर्ड (एसटीएलआरपी) लाई तेस्रोपटक (पाटा) गोल्ड अवार्ड
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ श्रावण ८, मंगलबार

जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले फेरी पनि प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) गोल्ड अवार्ड प्राप्त गरेको छ ।
नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा सञ्चालित (एसटीएलआरपी) ले तेस्रो पटक पाटा गोल्ड अवार्ड प्राप्त गरेको हो ।
पाटा हेडक्वाटरका अनुसार परियोजनाले कम्युनिटी बेस टुरिजममा २०२४ का लागि पाटा गोल्ड अवार्ड प्राप्त गरेको हो ।
नेपालका सात प्रदेश, ५८ जिल्ला र ८५ वटा नगर÷गाउँ पालिकाहरुसंगको सहलगानीमा विभिन्न स्थानमा पर्यटकीय गन्तव्य निर्माण गरि पर्यटन रोजगारीका अवसरहरू सिर्जना र दिगो पर्यटन विकासमा क्षमता अभिवृद्धि गरेका भन्दै परियोजनालाई यो अवार्ड दिइएको हो ।
यस अघि सन् २०२२ र २०२३ मा पनि एसटीएलआरपी परियोजनाले यो अवार्ड प्राप्त गरेको थियो ।
पर्यटनका माध्यमबाट महिला सशक्तिकरणमा गरेको पहलकदमी, दिगोपन तथा सामाजिक उत्तरदायित्वका लागि भनेर २०२३ मा परियोजनालार्य अवार्ड दिइएको थियो । त्यस्तै एसटीएलआरपीले २०२२ मा टुरिजम डेस्टिनेसन रेसिलेन्सि विधाअन्तर्गत अर्वाड प्राप्त गरेको थियो ।
नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले परियोजनाले पर्यटन क्षेत्रमा राम्रो योगदान गरेको मूल्याङ्कन स्वरुप निरन्तर अवार्ड प्राप्त गर्नुले थप काम गर्न प्रोत्साहन मिलेको बताइन् ।
परियोजनाले कोभिड–१९ पछि करिब १० हजार पर्यटन मजदुरहरुलाई अल्पकालिन रोजगारी सिर्जना र चार हजार जनालाई क्षमता अभिवृद्धिको तालिम प्रदान गरेको बोर्डका प्रबन्धक तथा राष्ट्रिय कार्यक्रम संयोजक श्रद्धा श्रेष्ठले जानकारी दिइन् ।
Categorized in समाज