विदेशमा भाँडा माझ्ने सपना त्यागौंः मन्त्री पन्त
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ श्रावण १३, मंगलबार

नेपाल कम्युनिष्ट पार्टी (एमाले) १६ वडा कमिटीले १६ वडाबाट एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ ।
काठमाडौंमा ‘एसईई पास सम्मान’ कार्यक्रमको आयोजना गरी कमिटिले विद्यार्थीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा २१९ जना विद्यार्थीहरु सम्मानित भएका थिए ।
कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विदेशी रेष्टुरेन्टमा भाँडा माझ्ने सपना त्यागेर स्वदेशमै अवसर खोज्न विद्यार्थीहरुलाई आग्रह गरे ।
विदेशीने नै भएपनि स्नातक तह उत्तीर्ण गरी विदेशी विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न जानु उचित हुने सुझाव मन्त्री पन्तको थियो ।
नेकपा (एमाले) १६ वडा कमिटी अध्यक्ष जयप्रकाश श्रेष्ठल विद्यार्थीहरुलाई अबको यात्रा अझ चुनौतीपूर्ण र जिम्मेवारीपूर्ण हुने बताउँदै निरन्तर मेहनत, अनुशासन र सकारात्मक सोचका साथ अघि बढ्न सुझाव दिए ।
नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य साथै काठमाडौं जिल्ला कमिटी इन्चार्ज आनन्द पोखरेलले विगतमा उत्कृष्ट विद्यार्थी उत्पादन हुने गरेको स्मरण गर्दै विज्ञान प्रविधिले फड्को मारेको युगमा विद्यार्थीहरुले आफूलाई युगअनुकुल ढाल्दै अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा एमाले काठमाडौं जिल्ला कमिटी उपाध्यक्ष विश्वराम सापकोटा, काठमाडौं जिल्ला कमिटी सदस्य र १६ वडा ईन्चार्ज लक्ष्मी रत्न तुलाधरले पनि उत्तीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गरेका थिए ।
Categorized in समाज