arin enterprises

जोकर भनी लाखेको फोटो राखिएकोमा संजिवनीले माग्यो माफी

SamacharDesk – बिराज | २०८२ कार्तिक १२, बुधबार

आफुले प्रकाशन गरेको पाठ्यपुस्तकमा लाखेलाई जोकर भनी छापिएकोमा संजिवनी पब्लिकेशन एन्ड डिस्ट्रिब्युटरले माफी मागेको छ ।

किताबमा Jj-Joker भनेर लाखेको फोटो छापिएकोमा संजिवनीले आज (बुधवार) विज्ञप्ती जारी गर्दै माफी मागेको हो ।

पब्लिकेशनले प्रकाशन गरेको Sanjiwani All In One (Soft Cover) किताबमा Jj-Joker को ठाउँमा लाखेको फोटो राखिएको थियो । यस विषयमा समामाजिक संजालमा व्यापक विरोध देखिएपछि पब्लिकेशनका प्रवन्ध निर्देशक सरोज आचार्यले आज विज्ञप्ती जारी गर्दै माफी मागेका हुन् ।

‘विभिन्न सामाजिक संजालमार्फत सो चित्र कुनै धार्मिक सम्प्रदायको आस्थाको रुपमा देखिन आएकोले त्रुटीवशः हुन गएको सो कार्यप्रति क्षमायाचना गर्न चाहन्छौं’ विज्ञप्तीमा लेखिएको छ ।

सोही विज्ञप्तीमार्फत पब्लिकेशनले भविष्यमा यस प्रकारका त्रुटी सच्याउने प्रतिवद्धता समेत जाहेर गरेको छ ।

‘यस प्रकाशनको कोही कसैको जात, संस्कृति, सम्प्रदाय विशेष धार्मिक आस्था वा पवित्र उद्देश्य एवं भावना माथि चोट पुर्याउने कुनै दुर्भाव नरहेको स्पष्ट पार्दै भविष्यमा यस प्रकारका त्रुटीहरु सच्याउने प्रतिवद्धतासमेत व्यक्त गर्न चाहन्छौं’ विज्ञप्तीमा भनिएको छ ।

पब्लिकेशनले ती पुस्तकहरु प्रकाशनको कार्यालयमा फर्काइदिनका लागि विक्रेताहरुलाई अनुरोध गरेको छ ।

Categorized in समाज
SKIP THIS tihar2082