ट्राफिक प्रशासन तालिम संचालन
SamacharDesk – बिराज | २०८१ फाल्गुण ११, आइतबार

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा ट्राफिक प्रशासन २५औं समूहको तालिम आइतबारबाट संचालन भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा प्रहरी उपरीक्षक संजय बहादुर राउतले तालिम उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक राउतले तालिममा प्रशिक्षार्थीहरूले व्यवसायिक कामको बारेमा आवश्यक ज्ञान हासिल गर्न उत्साहित, इच्छुक, लगनशील र अनुशासित हुनुपर्ने बताए ।
३५ दिन कार्यअवधिको तालिममा प्रहरी नायव निरीक्षक २४ जना र प्रहरी सहायक निरीक्षक २७ जना गरी जम्मा ५१ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ ।
Categorized in समाज