मातृभाषा संरक्षणका लागि प्लेकार्ड प्रदर्शनी
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ श्रावण १८, आइतबार

मातृभाषा संरक्षण, प्रवर्ध्दन र विकासको लागि सचेतना जगाउनका लागि भन्दै प्लेकार्ड प्रदर्शनी गरिएको छ ।
नेवाः ग्वहालि पुचः र नेवाः मिसा ग्वहालि पुचःले गुंला पर्वमा दर्शनार्थीहरु स्वयम्भू महाचैत्य दर्शन गर्न आउने सन्दर्भ पारेर भगवानपाउ क्षेत्रमा प्लेकार्ड प्रदर्शनी गरेको हो ।
प्लेकार्डमा “हाम्रा बालबालिकालाई नेपालभाषा सिकाऔं, नेवार भएकोमा गर्व गरौं’, मातृभाषाको संरक्षणले सहअस्तित्व कायम गर्दछ’ जस्ता नारा लेखिएको थियो ।
प्लेकार्ड प्रदर्शनीमा भाषासेवी विष्णु चित्रकार, विद्यादेवी चित्रकार, श्रीकृष्ण मानन्धर, रवीन्द्र श्रेष्ठ, गायिका रोजी श्रेष्ठ डंगोल लगायतले भाग लिएका थिए ।
नेवाः ग्वहालि पुचः, आदिवासी नेवाः आदिवासी राजनीतिक अभियान, नेवाः मिसा ग्वहालि पुचःले वर्षेनी यस्ता कार्यक्रम गर्दै आएको छ ।
यो वर्ष पनि महानगरका विभिन्न वडाका नेवाः मिसा ग्वहालि पुचःले प्लेकार्डसहित प्रदर्शनीमा भाग लिएका थिए ।
मातृभाषा जोगाउन सकिए मात्र सामुदायिक अस्तित्व जोगाउन सकिने प्रदर्शनीमा सहभागीहरूले बताएका छन् ।
Categorized in समाज