arin enterprises

सवारी दुर्घटनामा एक युवतीको मृत्यु

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०८१ फाल्गुण १६, शुक्रबार

आज (शुक्रबार) विहान काठमाडौंको बानेश्वरमा भएको एक सडक दुर्घटनामा एक युवतीको मृत्यु भएको छ ।

बानेश्वरबाट माईतिघरतर्फ जाँदै गरेको बा.प्र.०६–००१ प ८५१५ नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा स्कुटरमा सवार युवतीको मृत्यु भएको हो ।

दुर्घटनामा चितवन भरतपुर महानगरपालिका–११ की हाल काठमाडौं तार्केश्वर नगरपालिका–५ गोलढुंगा बस्ने २० वर्षीया सञ्जिता महतोको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो । महताको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको सम्वन्धमा थप छानविन गरीरहेको प्रहरीले बताएको छ ।

Categorized in समाज