arin enterprises

११४औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा नारी स्रस्टाहरु सम्मानित

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०८१ फाल्गुण २३, शुक्रबार

११४ औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा नारी स्रस्टा समाजले विविध क्षेत्रका नारीहरुलाइ सम्मान गरेको छ ।

समाजले बिहिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा विविध क्षेत्रका नारीहरुलाई सम्मान गरेको हो ।

समाजले स्रष्टा सम्मान र लघुकथा सम्बन्धी बहस कार्यक्रम बिहिबार काठमाडौमा सम्पन्न गरेको हो । सो कार्यक्रममा सम्मान र पुरस्कार प्रदान गरिनुका साथै साहित्यको एक विधा लघुकथा वाचन र बहस पनि गरिएको थियो ।

कार्यक्रममा मैतिदेवी चोकमा ३२ वर्षदेखि मकै बेचेर आफ्ना सन्तानलाई उच्च स्थान पु¥याउन सफल श्रमजीवी नारी मीना घिमिरे प्रमुख अतिथियको रुपमा उपस्थित थिइन् ।

कार्यक्रममा स्थिति लम्साल बाल स्रष्टा पुरस्कार– २०८१ बाट एभरेस्ट स्कुल भक्तपुरकी सिल्भिया खड्का र अक्सिजन कवि धनकुटे बालकृष्ण लक्ष्मी अधिकारी पुरस्कार–२०८१ बाट देवीप्रसाद घिमिरे सम्मानित भए ।

त्यस्तै विभिन्न क्षेत्रमा कार्यरत रही महत्त्वपूर्ण योगदान दिने नारी स्रष्टातर्फ पत्रकार सबिता शर्मा, नबिना श्रेष्ठ, साहित्यकार मन्दिरा मधुश्री, लता केसी, कालिका त्रिपाठी पन्त र रञ्जु खनाललाई सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा नारी स्रस्टा समाजकी सचिब रञ्जना पराजुली लम्साल र स्रष्टा समाजकी अध्यक्ष ममता मृदुलले संस्थाको बारे प्रकाश पार्नुका साथै कार्यक्रमको उद्देश्य र महत्त्वको बारेमा पनि जानकारी दिए ।

कथा वाचनतर्फ पाँच दशकदेखी लघुकथा क्षेत्रमा योगदान दिँदै आएका ध्रुव मधिकर्मीको झण्डै डेढ दर्जन लघुकथा वाचन गरिएको थियो ।

Categorized in समाज