पूर्वमन्त्री श्रेष्ठको पुस्तक सार्वजनिक हुँदै
SamacharDesk – बिराज | २०८१ चैत्र २, आइतबार

पूर्वमन्त्री राजेन्द्र श्रेष्ठको पुस्तक ‘ऐतिहासिक नेपालमण्डल, संघवादया सिद्धान्त व नेवाः म्हसीका’ सार्वजनिक हुने भएको छ ।
संघीयताविद्को रुपमा समेत परिचित पूर्वमन्त्री श्रेष्ठको नेपालभाषाको पुस्तक भोलि (सोमबार) सार्वजनिक हुन लागेको हो ।
भोलि काठमाडौंमा एक कार्यक्रमबा बिच पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस्तकको विमोचन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा विमोचन हुने पुस्तकलाई लिएर प्रमुख वक्ताको रुपमा नेवाः आन्दोलनका अगुवा मल्ल के. सुन्दरले आफ्ना कुराहरु राख्ने बताइएको छ ।
आफुले अहिलेसम्म लेखेका पुस्तकहरु भन्दा यो बिलकुलै भिन्न किसिमको रहेको पुस्तकका लेखक पूर्वमन्त्री श्रेष्ठले बताए ।
‘प्राचीन नेपालमण्डलको आफ्नै मौलिक विशेषता छ । यस पुस्तकले त्यहि नेपालमण्डलको भूगोल र तत्कालीन नेपालमण्डलको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतीक परिस्थिती, संरचनाको जानकारी दिनेछ’ श्रेष्ठले बताए ।
यसको साथमा पहिचानको आन्दोलन र वित्तिय संघीयताको बारेमा पनि जानकारी साथै विश्लेषण पुस्तकमा समावेश गरेको पनि श्रेष्ठले बताए ।
Categorized in समाज