arin enterprises

सवारी दुर्घटनामा एक जनाको मृत्यु

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ कार्तिक १३, बिहिबार

चितवनको भरतपुरमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

आज दिउँसो भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित सडकमा एउटा कन्टेनर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक पुरुषको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार धादिङ गजुरी गाउँपालिका–८ बस्ने ३८ वर्षीय रामचन्द्र तामाङको मृत्यु भएको हो ।

बागमती प्रदेश ०२–०५६ प ९८०४ नम्बरको मोटरसाइकल र एनएल ०१–२३७४ नम्बरको कन्टेनर ट्रक एकआपसमा ठोक्किएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पुर्याइएको थियो । सोही अस्पतालमा उपचारको क्रममा तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक घाइते भएको छन् भने सोही अस्पतालमा उनको उपचार भइरहेको छ ।

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Categorized in समाज
SKIP THIS tihar2082