arin enterprises

नेपालमा अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कार २०२६ भव्य रूपमा सम्पन्न

SamacharDesk – विजयरत्न | २०८३ भाद्र २१, आइतबार

विभिन्न क्षेत्रमा उत्कृष्ट उपलब्धि, व्यावसायिक दक्षता तथा समाजमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कार २०२६ प्रदान गरिएको छ ।

आयोजक संस्था एबीएमले काठमाडौंमा एक समारोहको आयोजना गरी उक्त पुरस्कार प्रदान गरिएको हो ।

अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कारले नेपालसहित विभिन्न देशमा रहेर आ–आफ्नो क्षेत्रमा उत्कृष्ट काम गर्दै आएका व्यक्तित्वलाई एउटै मञ्चमा ल्याउँदै उनीहरूको योगदानको सम्मान गरेको आयोजकले जनाएको छ ।

कार्यक्रममा व्यापार व्यवसाय, समाजसेवा, कला, संगीत, फेसन, सञ्चार, मनोरञ्जन, सार्वजनिक सेवा तथा अन्य विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई पुरस्कारबाट सम्मान गरिएको थियो ।

आयोजकका अनुसार उत्कृष्ट कार्य गर्ने व्यक्ति तथा संस्थालाई प्रोत्साहन गर्ने, उनीहरूको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र समाजमा सकारात्मक कार्यका लागि थप प्रेरणा प्रदान गर्ने उद्देश्यले पुरस्कार कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपालका पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, संघीय सांसद जगत जोशी, संघीय सासद खेमराज कोइराला तथा पूर्व सांसद विनोद पहाडी समेतको उपस्थिति रहेको थियो ।

Categorized in समाज