कीर्तिपुर अस्पतालमा हेमोडायलाइसिस सेवा विस्तारका लागि समिति गठन
SamacharDesk – बिराज | २०८३ जेठ २०, बुधबार
कीर्तिपुर अस्पतालमा हेमोडायलाइसिस सेवा थप विस्तारका हेमोडायलाइसिस सेवा विस्तार समिति गठन गरेको छ ।
आज कीर्तिपुरमा सम्पन्न नागरिक भेलाले विषयमा व्यापक छलफल गर्दै सेवा विस्तार समिति गठन गरेको हो ।
आजको नागरिक भेलाले समितिको संयोजकको जिम्मेवारी नानी महर्जनलाई दिइएको छ । त्यस्तै राजकमल महर्जनलाई सचिव चयन गरिएको छ ।
समितिको सदस्यहरुमा राजकृष्ण महर्जन, पुर्ण महर्जन, रुपेश श्रेष्ठ, दिनेश अधिकारी, दिलबहादुर महर्जन, ज्ञानुराजा महर्जन र सुधा महर्जन रहेका छन् ।
भेलामा उपस्थित समाजसेवी, व्यवसायी, नागरिक समाजका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूले मृगौला रोगीहरूको उपचारलाई थप प्रभावकारी, सहज र पहुँचयोग्य बनाउन आवश्यक पहलका बारेमा धारणा व्यक्त गरेका थिए ।
समितिले कीर्तिपुर अस्पतालमा थप २ वटा हेमोडायलाइसिस मेशिन जडान गर्ने तथा त्यसका लागि आवश्यक आर्थिक स्रोत स्थानीय स्तरबाट संकलन गर्ने निर्णय गरेको छ ।
यसबाट मृगौला रोगीहरूले आफ्नै समुदायमा गुणस्तरीय उपचार सेवा प्राप्त गर्न सहज हुने विश्वास लिइएको छ ।
यस अभियानलाई सफल बनाउन विभिन्न संघ–संस्था, व्यवसायी, समाजसेवी, नागरिक समाज, जनप्रतिनिधि, सञ्चारकर्मी, देशविदेशमा रहेका सम्पूर्ण कीर्तिपुरवासी र शुभेच्छुकहरूलाई आर्थिक, भौतिक तथा नैतिक सहयोगका लागि समितिले आह्वान गरेको छ ।
Categorized in समाज




