बाढीबाट ज्यान गुमाएकाप्रति देय् दबू जामाच्व नगरको श्रद्धाञ्जली
SamacharDesk – बिराज | २०८३ भाद्र २४, बुधबार
काठमाडौं । रसुवा भोटेकोशी बाढीका कारण ज्यान गुमाउनेहरुप्रति नेवाः देय् दबू जामाच्व नगर समितिले श्रद्धाञ्जली अर्पण गरेको छ ।
समितिले सितापाइलास्थित हरसिद्धि मन्दिर परिसरमा एक कार्यक्रम आयोजना गरी रसुवा, नुवाकोट, धादिङ र चितवनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको हो ।
कार्यक्रममा बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको थियो ।
कार्यक्रममा नेवाः देय् दबू जामाच्व नगर समितिका अध्यक्ष अजित पुतुवारले विपद्को समयमा मानवीय समवेदना, पारस्परिक सहयोग र सामाजिक एकतालाई थप बलियो बनाउनुपर्नेमा जोड दिएका थिए ।
Categorized in समाज




