आज ल्हूति पून्ही अर्थात् बाइसधारा मेला
SamacharDesk – सुजन मानन्धर | २०८१ बैशाख ११, मंगलबार
आज ल्हूति पून्ही अर्थात् बाइसधारा मेला । उपत्यकाको उत्तर पश्चिम स्थित रहेको ल्हुति (बालाजु)मा मेला लागेको छ ।
नेपालभाषामा बालाजु क्षेत्रलाइ ‘ल्हुति’ भनिने गर्दछ । ल्ह्वों ति ९ढुंगाको रस० बाट अपभ्रंश हुँदै ल्हुति नामांकरण हुन गएको जानकार तथा पुराना पुस्ताको भनाइ छ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ । मेला पाँच दिनसम्म जारी रहने छ । मेलामा स्नान गर्न हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको भिड लागेको छ ।
बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाईंकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । बालाजु बाइसधारा मेला व्यवस्थापन समितिका संयोजक गौतम प्रजापतिले मेला भर्नका लागि बिहानैदेखि बालाजु बाइसधारामा भक्तजनको घुईँचो लागेको बताउनुभयो ।
भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको बताउनुभयो । मेलामा दुई लाख ३० हजार सहभागी हुने अपेक्षा रहेको उहाँले बताउनुभयो ।
उहाँले आजको दिन यस बाइसधारामा स्नान गरे छाला सम्बन्धी रोगहरु, लुतो, खटिरा जस्ता रोग हराउने जनविश्वास रहेको पनि जानकारी दिनुभयो ।
बाइसधारा मल्लकालीन राजा जयप्रकाश मल्लले बालाजुमा २१ धारा निर्माण गराएका थिए । लहरै २१ धाराको सुन्दर बगैँचा देखे पछि राजा रणबहादुर शाहले पुछारमा १ धारा थपेर २२ पु¥याएका हुन् । १ धारा थपिएपछि २२ धाराको नामले प्रचलित हुन थालेको जनश्रुति रहेको छ ।
बाइसधारा मेलाकै दिन समुद्र सतह भन्दा ६३३० फितको उचाईमा बालाजु संगै अवस्थित जामाच्वस् (नागार्जुन पर्वत) स्थित भगवान बुद्धको पनि दर्शन गर्न जाने प्रचलन रहेको छ ।
आजको दिन बाइसधारामा मुख धोएर वा नुहायर जामाच्वः ९नागार्जुन पर्वत० जाने गर्दछ । किंवदन्ती अनुसार जुन समयमा काठमाडौं दहको पानी सुक्दै जान थाले पानी मुनीका जीवहरू देखिन थाले । ती मध्ये नागराज पनि हुन् ।
नागराजलाई आकाशमा उड्दै गरेको चिलले देखे पछि छोड्दै छोडेनन् । आफ्नो ज्यान जोखिममा परेपछि नागराज हारगुहार गर्दै ल्हुतिबाट जामाच्वस् मा रहेको तपस्वी बुद्धको शरणमा गए । तपस्वी बुद्धले नागराजलाई बचाई दिए ।
त्यसैले यसैको स्मरणमा ल्हुति ९बालाजु० पुन्हिका दिन बाईसधारामा मुख धोएर वा नुहाएर जामाच्वः जाने प्रचलनको शुरूवात भएको मानिन्छ ।
यस्तै आजको मेलामा विभिन्न क्षेत्रबाट विभिन्न देवताको खट जात्रा गरी यस क्षेत्रमा भेला गराइन्छ ।
Categorized in संस्कृति