arin enterprises

सुथसिया निभाः म्ये कासाका सहभागीहरुलाई प्रमाण पत्र वितरण

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ भाद्र १७, मंगलबार

गायक पुरुषोत्तम श्रेष्ठको गीत ‘सुथसिया निभाः’ को कभर प्रतियोगीता ‘सुथसिया निभाः म्ये कासा’ का विजेता घोषणा कार्यक्रम तिहारको अवसरमा हुने भएको छ ।

गत शनिवार काठमाडौंमा आयोजित प्रतियोगीताका सहभागीहरुलाई प्रमाण पत्र वितरण कार्यक्रममा आयोजकले तिहारको अवसरमा विजेता घोषणा कार्यक्रम गर्ने घोषणा गरेको हो ।

कार्यक्रममा बोल्दै प्रतियोगीताका आयोजक कन्फराक्टीभ मिडिया सोलुसन प्रा.लि.का अध्यक्ष बिराजकाजी राजोपाध्यायले नयाँ प्रतिभाको खोजी गर्नुका साथै संगीत क्षेत्रलाई क्रियाशील बनाइरहन प्रतियोगीताको आयोजना गरेको बताए ।

शनिवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी प्रतियोगीताका सहभागीहरुलाई सहभागीताको प्रमाण पत्र वितरण गरेको हो ।

वरिष्ठ निर्देशक प्रकाश सायमी, वरिष्ठ गायक भीम तुलाधर, संचारकर्मी गायक सुरजबीर बज्राचार्य, वरिष्ठ संगीतकार बुद्ध सायमी लगायतले सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरे ।

कार्यक्रममा बोल्दै वरिष्ठ निर्देशक सायमीले नेपालको साथै भारतको चलचित्र क्षेत्रमा समेत नेवार समुदायका कलाकारको ठुलो योगदान रहेको चर्चा गरे ।

वरिष्ठ गायक तुलाधर, संचारकर्मी गायक बज्राचार्यले संगीत क्षेत्रमा हुने विभिन्न प्रतियोगीताले नयाँ प्रतिभा उजागर गर्न टेवा दिने विचार राखे ।

Categorized in पेजथ्री