arin enterprises

भारतमा अक्वान चक्रवातले गम्भीर रूप लिन सक्ने

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ मङ्सिर २, मंगलबार

दक्षिण भारत र त्योसँगै जोडिएको पश्चिम–मध्य बंगालको खाडीको मध्य भागमा विकास भइरहेको चक्रवात ‘अक्वान’ ले गम्भीर रुप लिन सक्ने भारतीय मौसम विभागले जनाएको छ ।

विभागले आउँदो १९ नोभेम्बरको विहानसम्ममा यसले अति गम्भीर चक्रवाती आँधीको रुप लिन सक्ने प्रक्षेपण गरेको छ । साथै २० नोभेम्बरको दिउँसोको आसपास आन्ध्र प्रदेश र यनमको किनारमा नेल्लोर रतूनी ठोक्किने सम्भावनालाई पनि दर्शाइएको छ ।

यस क्रममा १२०–१३० किलोमीटर प्रतिघन्टाको गतिमा आँधी आउन सक्ने र हुरीसँगै यसको गति १४५ किलोमीटर प्रतिघन्टा पुग्न सक्ने पनि बताइएको छ ।

विभागले हिजो राति ११ः३० बजे दिएको अपडेट अनुसार ‘अक्वान’ चक्रवात चेन्नईबाट ६१० किमी पूर्व, त्रिंकोमालीबाट ६३० किमी उत्तर–पूर्व, मछलीपट्टनमबाट ६६० किमी दक्षिण–पूर्व, विशाखापत्तनमबाट ६७० किमी दक्षिण–दक्षिण–पूर्व र गोपालपुरबाट ७९० किमी दक्षिणमा अवस्थित थियो ।

भारतीय मौसम विभागले २२ नोभेम्बरसम्ममा भारतको धेरै भूभागमा वर्षा हुनसक्ने बताएको छ । विभागका अनुसार १७ देखि २० नोभेम्बरको बीचमा हरियाणा, चन्डीगढ, दिल्ली र पंजाबमा बाक्लो कुहिरो लाग्ने ठुलो सम्भावना रहेको पनि बताएको छ ।

बंगालको खाडीका अलग–अलग भूभाग र आसपासको समुद्री इलाकाहरुमा समुद्रको स्थिति खराब हुनसक्ने चेतावनी पनि विभागले जारी गरेको छ ।

१९ नोभेम्बरबाट २४ घन्टासम्मको बीचमा समुद्रको निकै नै खराबदेखि लिएुर ‘असाधारण’ को स्तरसम्म पुग्ने सक्ने बताइएको छ ।

‘अक्वान’ को कारणले ओडिशाको किनारसँगै १८ नोभेम्बरदेखि २० नोभेम्बरको विहानसम्म समुद्रको स्थिति खराबदेखि निकै खराब हुन सक्ने अनुमान गरिएको छ ।

भारतीय मौसम विज्ञान विभागले १९ नोभेम्बरका दिन गंजाम, गजपति र पुरीका केही स्थानहरुमा ठुलोदेखि निकै ठुलो वर्षात हुनसक्ने बताएको छ । यस बीचमा ती स्थानहरुमा नजान विभागले सल्लाह दिएको छ ।

यस चक्रवातलाई ‘अक्वान’ भन्ने ईरानले दिएको हो । फारसी पौराणिक कथामा उल्लेख गर्रिको ‘अक्वान–ए–दीव’सँग यसको नाम जोडिएको हो । यो चर्चित फारसी महाकाव्य ‘शाहनामा’मा एक जना राक्षसको नाम हो ।

Categorized in अन्तर्राष्ट्रिय