arin enterprises

रातो मच्छिन्द्रनाथको रथयात्रा भोलिबाट

SamacharDesk – बिराज | २०८१ जेठ ४, शुक्रबार

रथ बिग्रिएपछि अवरुद्ध हुन पुगेको रातो मच्छिन्द्रनाथको रथयात्रा भोलि शनिबारबाट निरन्तर हुने भएको छ ।

रथको आवश्यक मर्मत सम्भार कार्य सम्पन्न भएसँगै रथयात्रा भोलिबाट हुने भएको हो ।

आज गुठी संस्थान शाखा कार्यालय ललितपुरले एक सूचना जारी गर्दै रातो मच्छिन्द्रनाथको रथयात्रा भोलि जेठ ५ गते शनिबारबाट निरन्तर हुने जनाएको हो ।

मच्छिन्द्रनाथको रथ अहिले थपाहितिमा राखिएको छ । हिजो रथयात्राको क्रममा ओकुबहालबाट थपाहिति पुग्दा रथको पाङ्ग्रासँगैको भाग भाँच्चिएपछि रथ तान्न सकिने स्थिती नभएर रथयात्रा त्यहिँ रोकिएको थियो ।

यसलगत्तै गुठी संस्थान ललितपुरले सूचना जारी गर्दै रथको मर्मत सम्भार सम्पन्न नभएसम्मको लागि रथयात्रा स्थगित भएको जनाएको थियो ।

आज क्रेन समेतकाे सहायताबाट रथको मर्मत सम्भार गरिएको थियो । 

याे पनि पढ्नुहाेलाः राताे मच्छिन्द्रनाथकाे अर्काे रथयात्रा अनिश्चित

Categorized in संस्कृति