रातो मच्छिन्द्रनाथको अर्को रथयात्रा अनिश्चित
SamacharDesk – बिराज | २०८१ जेठ ३, बिहिबार

ललितपुरमा जारी रातो मच्छिन्द्रनाथको अर्को रथयात्रा अब कुन दिन हुन्छ भन्ने अनिश्चित भएको छ ।
मर्मत सम्भारका लागि रथयात्रा केही दिनका लागि भनी स्थगित हुँदा अर्को रथयात्राको दिन अनिश्चित हुन पुगेको हो ।
गुठी संस्थान, शाखा कार्यालय ललितपुरले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि रथयात्रा स्थगित भएको जनाएको हो ।
यस वर्ष रथयात्राको क्रममा सुरुकै दिन रथमा क्षति हुन गएको थियो । पहिलो दिनमै रथ धेरै नै ढल्किँदा रथ निर्माणको विषयलाई लिएर निकै आलोचना पनि हुँदै आएको थियो ।
यसैक्रममा आज फेरी रथको पाङ्ग्रा नजिकैको भाग भाँचिदा रथयात्रा अवरुद्ध हुन पुगको हो ।
रथयात्राको क्रममा हिजो सुन्धाराबाट तानेर ओकुबहाल पुर्याइएको रथ आज ओकुबहालबाट तानेर केही दुरी मात्र पार गर्ने वित्तिकै थपाहितिमा रोकिनु परेको हो । रथ तान्दै गर्दा रथको पाङ्ग्राको नजिकैको भाग भाँचिएपछि रथयात्रा थपाहितिमै रोकिएको हो ।
अब रथमा आवश्यक मर्मत सम्भार गरेर अर्को सूचना प्रकाशित गरेपछि मात्रै रथयात्रा निरन्तर हुने गुठी संस्थान ललितपुर शाखाले जनाएको छ ।
Categorized in संस्कृति