arin enterprises

संस्कृति

  • २०८१ आषाढ ५, मंगलबार

    पाटन तलेजुमा मूल पूजारी प्रवेश गराइयो

    अन्ततः गत पुस २१ गतेबाट रिक्त रहेको पाटन तलेजुको मूल पूजारी पद पूर्ति भएको छ । पाटन पट्को टोलका भास्करानन्द राजोपाध्यायलाई मूल पूजारीको रुपमा तलेजु प्रवेश गराएसँगै रिक्त पदको पूर्ति भएको हो । असार २ आइतबार तलेजुको बुसादँ (वर्षवर्द्धन) पूजाका अवसरमा...

  • २०८१ जेठ ३०, बुधबार

    वर्षको अन्तिम पर्व सिथी नखः मनाईंदै

    नेवार समुदायमा अन्तिम पर्वको रुपमा सिथी नखः आज मनाईंदैछ । विशेषगरी सिथिनखःलाई देपूजा, देवाली अर्थात् कुलपूजा मनाउने अन्तिम दिनको रुपमा पनि लिइन्छ । विभिन्न स्थानमा विभिन्न समयमा देवाली मनाउने गरेतापनि, केही कारणवश कुल पूजा गर्न नपाएका, कुलपूजा गर्ने...

  • २०८१ जेठ २८, सोमबार

    न्हूघःस्थित कुमार कात्र्तिकेको महास्नान सम्पन्न

    हरेक वर्ष झैं यस वर्ष पनि काठमाडौंको न्हूघःस्थित कुमार कात्र्तिकेको महास्नान (न्हवं) सम्पन्न भएको छ । महादेव र पार्वतीको ज्येष्ठ सुपुत्र कुमार कात्र्तिकेलाई नेपालभाषाबाट सिद्धि द्यः पनि भन्ने गरिन्छ । नेवार समुदायको महत्वपूर्ण चाड मध्ये एक सिथि...

  • २०८१ जेठ २७, आइतबार

    सनातन धर्मको संरक्षणका लागि अध्ययन अनुसन्धान गर्नुपर्नेमा जोड

    सनातन धर्म संस्कृतिको संरक्षण गर्नका लागि यससँग सम्वन्धित इतिहास, दर्शन, नैतिक शिक्षा आदिको अध्ययन, अनुसन्धान गर्दै पुस्तान्तरण गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । काठमाडौं उपत्यकाका आदिवासी ब्राह्मण समुदायको रुपमा लिइने राजोपाध्यायहरुको...

  • २०८१ जेठ २३, बुधबार

    स्थानीय जात्रापर्वहरुमा नेपाली सेना सक्रिय भूमिकामा

    हुन त काठमाडौं उपत्यकाका प्राय जात्रापर्वहरुमा नेपाली सेनाको भूमिका रहिआएको छ । यहाँका प्राय रथजात्राहरुको साथै अन्य विभिन्न जात्रापर्वहरुमा नेपाली सेनाको सहभागीता र भूमिका देखिन्छ । गुर्जुपल्टन भनिने नेपाली सेनाको टोली यस्ता जात्रापर्वहरुमा...

  • २०८१ जेठ ४, शुक्रबार

    रातो मच्छिन्द्रनाथको रथयात्रा भोलिबाट

    रथ बिग्रिएपछि अवरुद्ध हुन पुगेको रातो मच्छिन्द्रनाथको रथयात्रा भोलि शनिबारबाट निरन्तर हुने भएको छ । रथको आवश्यक मर्मत सम्भार कार्य सम्पन्न भएसँगै रथयात्रा भोलिबाट हुने भएको हो । आज गुठी संस्थान शाखा कार्यालय ललितपुरले एक सूचना जारी गर्दै रातो...

  • २०८१ जेठ ३, बिहिबार

    रातो मच्छिन्द्रनाथको अर्को रथयात्रा अनिश्चित

    ललितपुरमा जारी रातो मच्छिन्द्रनाथको अर्को रथयात्रा अब कुन दिन हुन्छ भन्ने अनिश्चित भएको छ । मर्मत सम्भारका लागि रथयात्रा केही दिनका लागि भनी स्थगित हुँदा अर्को रथयात्राको दिन अनिश्चित हुन पुगेको हो । गुठी संस्थान, शाखा कार्यालय ललितपुरले एक सूचना...

  • २०८१ बैशाख ३१, सोमबार

    यस वर्षको बुद्ध जयन्ती इखाछेँमा मनाइने

    यस वर्षको २५६८औं बुद्ध जयन्ती पाटनमा ललितपुर महानगरपालिका (लमनपा) वडा नं. ११ इखाछेँ टोलमा मनाइने भएको छ । २५६८औं बुद्ध जयन्ती समारोह समितिले पाटनमा पत्रकार सम्मेलन गर्दै २५६८औं बुद्ध जयन्ती इखाछेँ पाटनमा भव्य रुपमा मनाउन लागेको जानकारी दिएको हो ।...

  • २०८१ बैशाख ३०, आइतबार

    काभ्रेमा सामूहिक इहि कार्यक्रम सम्पन्न

    काभ्रेको बनेपामा सामुहिक इहि कार्यक्रम सम्पन्न भएको छ । परम्परालाई निरन्तरता दिनको लागि भन्दै वाँख्यः टोलले सामुहिक इहि कार्यक्रमको आयोजना गरेको हो । बनेपास्थित जापाली गुठी घरमा सम्पन्न इहि कार्यक्रममा समुदायका ३८ जना बालिकाहरुको सहभागीता रहेको...

  • २०८१ बैशाख ३०, आइतबार

    वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ जात्रा शुरु

    वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ हिजो शनिबारबाट तान्न सुरु भएको छ । बैशाख शुक्ल प्रतिपदावाट शुरु हुने काठमाडौं उपत्यकाकै सबैभन्दा लामो जात्रा असार महिनाको शुक्ल चौथीसम्म करिब २ महिनासम्म मनाइन्छ । सहकालका देवता मछिन्द्रनाथ, जस्लाई...

  • २०८१ बैशाख २८, शुक्रबार

    जौको सातु र सर्वत खाएर अक्षय तृतीया मनाइँदै

    आज वैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीया । हरेक वर्ष सनातन धर्मावलम्वीले वैशाख शुक्ल तृतीयाका दिन जौको सातु र सर्वत खाएर मनाइन्छ । गर्मी बढ्ने समयमा शितलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाउने गरिन्छ । यस दिन...

  • २०८१ बैशाख २७, बिहिबार

    रातो मच्छिन्द्रनाथको रथारोहण

    नेपालकै सबभन्दा लामो जात्राका रूपमा लिने रातो मच्छिन्द्रनाथको जात्रा आजबाट सुरू भएको छ। हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा रथारोहण  गर्ने चलन अनुरुप आज पाटन मच्छिन्द्र बहालबाट देवतालाई खटमा राखी पुल्चोकस्थित...

  • २०८१ बैशाख २७, बिहिबार

    ब्राह्मणको आम्दानी, सनातनीको संस्कार र परम्पराको रक्षा !

    बैसाख कृष्ण औंशी, अर्थात आमाको मुख हेर्ने मातातीर्थ औंसी । यस वर्ष हिजो बैसाख २६ गते बुधबारका दिन हामीले आमाको मुख हेर्दै, अथवा आमा नभएकाले ब्राह्मण, गुरुजुलाई सिदा, निसलाः र दान दक्षिाण दिएर सम्पन्न गरिसक्यौं । यो दिन विशेष गरी आमा नभएकाहरु दिवंगत...

  • २०८१ बैशाख १७, सोमबार

    दोलखामा मच्छिन्द्रनाथको रथ खुड्किलोबाट तल तानियो

    दोलखा रातो मच्छिन्द्रनाथको जात्राको क्रममा आज फेरीसेंगः टोलबाट रथलाई खुड्किलाहरुबाट तल तानिएको छ । हिजो खुड्किलोबाट माथि तान्दै सेंगु टोल पुर्‍याइएको रथलाई आज फेरी ६० डिग्रिको खुड्किलोबाट तल दुङ्गल टोल पुर्‍याउँदै आजको जात्रा सम्पन्न भएको हो । यस...

  • २०८१ बैशाख १४, शुक्रबार

    दोलखामा मच्छिन्द्रनाथको रथ ढल्यो

    दोलखाको रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा आज रथ ढलेको छ । रथयात्राको आज दोश्रो दिन रथ तान्दै गर्दा नक्छेँ भन्ने स्थानमा पुग्दा रथ ढलेको हो । रथ तान्दै गर्दा मोडमा पुगेपछि रथ ढल्न पुगेको हो । दोलखाका स्थानीय वासिन्दाहरुका अनुसार रथ ढल्दा रथको...

  • २०८१ बैशाख ११, मंगलबार

    चाँगुमा लक्ष्मीनारायणको अनौठो पूजा आज हुँदै

    आज चैत्र पुर्णिमा । प्राय नेवार समाजमा यस पुर्णिमालाई ल्हुति पुन्हि भन्ने गरिन्छ । बालाजु बाइसधारा मेला हुने भएकोले आजको दिनलाई ल्हुति पुन्हि भनिएको हो । तर आजको दिनलाई सक्व पुन्हि पनि भन्ने कुरा भने थोरैलाई मात्र थाहा छ । आजै साँखुको बज्रयोगिनीलाई...

Pages