arin enterprises

संस्कृति

  • २०८० पौष १०, मंगलबार

    यःमरी पुन्ही मनाईंदै

    हरेक वर्षको मार्ग शुक्ल पूर्णिमाको दिन काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले मंगलबार धुमधामका साथ यःमरी पुन्ही मनाउँछन् । यस्तै पूर्वी नेपालमा बसोबास गर्ने किरात समुदायले पनि साकेला उधौली’ पर्व धुमधामका साथ आजकै दिन...

  • २०८० पौष १, आइतबार

    रामजानकी विवाह गरिंदै

    सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज राम जानकीको वैवाहिक कार्यक्रमको आयोजना गरिदै छ । यसका लागि जानकी मन्दिरको प्रांगण सजाइएको छ । त्रेता युगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको...

  • २०८० मङ्सिर २६, मंगलबार

    रुद्रायणी १२ बर्षे जात्रा यसपटक बुंगमती नलगिने

    ललितपुर खोकनाको रुद्रायणी देवीको १२ वर्षे नाच यस पटक बुंगमती नलगिने भएको छ । १२ बर्षे नाचको क्रममा बुंगमतिमा देवगण नाच्नुपर्ने डबलीमा मछिन्द्रनाथको अस्थाइ मन्दिर रहेको कारण यसपटक बुंगमतीमा रुद्रायणी १२ बर्षे नाच नहुने भएको हो । खोकनामा हाल श्री...

  • २०८० मङ्सिर २६, मंगलबार

    विवाह पञ्चमी महोत्सव आजबाट शुरु

    जनकपुरधाममा साताव्यापी रुपमा मनाइने सबैभन्दा ठूलो उत्सव सीताराम विवाह पञ्चमी महोत्सव आजबाट विधिवत रुपमा सुरु भएको छ । त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ। उत्सव...

  • २०८० मङ्सिर २५, सोमबार

    शिवालयहरुमा पितृको नाममा सतविज छरियो

    आफ्ना दिवङ्गत भएका पितृहरूको सम्झनामा मृतकका आफन्तजनले आइतबार रातभर दीप प्रज्वलन गरी भोलिपल्ट आज सोमबार शत बीज छरिएको छ ।  बालाचतुर्दशीको अघिल्लो दिन अर्थात आइतबार साँझ पितृका नाममा बत्ती बालेर मृतकका आफन्त रातभर जाग्राम बसेका थिए । उक्त दिन (...

  • २०८० मङ्सिर २४, आइतबार

    इन्द्रायणीमा सर्पाहुति यज्ञ हुँदै

    बालाचःर्‍हे (बाला चतुर्दशी) जात्राको क्रममा आज आइतबार काठमाडौंको इन्द्रायणीमा सर्पाहुति यज्ञ हुन लागेको छ । आज मंसीर कृष्ण त्रयोदशीको रात, जात्राको क्रममा काठमाडौंको ढल्कोस्थित इन्द्रायणी मन्दिर अगाडी रहेको यज्ञकुण्डमा सर्पाहुति यज्ञ गर्न लागिएको हो...

  • २०८० मङ्सिर १२, मंगलबार

    “सकिमिला पुन्ही” मनाइयो

    हरेक वर्ष जस्तै यो वर्ष पनि कार्तिक शुक्ल पुर्णिमा, कछलाथ्व पुन्हिलाई उपत्यकाको नेवाः समुदायले सकिमिला पुन्हीको रुपमा मनाइयो। सकिमिला पूर्णिमा तिहारपछि उपत्यकाका नेवारहरुले मनाउने पहिलो चाड हो । सकि भन्नाले पिँडालु र मिला भन्नाले चन्द्रमा भन्ने...

  • २०८० मङ्सिर १०, आइतबार

    कात्तिक नाचको मुख्य अंश नृसिंह अवतार गाथा देखाइयो

    कार्तिक नाच शुरु भएको ८औं दिन नृसिंह अवतारको गाथा शनिबार प्रस्तुत गरिएको छ । प्रह्लादको उद्धार गर्न विष्णुले नरसिंहको अवतार लिई हिरण्यकश्यपको वध गरे सँगै पाटनको मङ्गलबजारको कात्तिक डबलीमा प्रदर्शन गरिने कात्तिक नाचको सबैभन्दा महत्त्वपूर्ण अंश नरसिंह...

  • २०८० मङ्सिर ९, शनिबार

    ४८ बर्षसम्म लगातार बराह बनेका केशव कृष्ण श्रेष्ठ

    केशव कृष्ण श्रेष्ठ, जसको अर्को नाम नै बराह बनेको छ । किनकि उनी लगातार ४८ बर्षसम्म बराह बने । ललितपुरको प्रशिद्ध ऐतिहासिक कार्तिक नाचमा केशव कृष्ण लगातार ४८ वर्षसम्म बराह बनेर नाचे । हरेक बर्ष कार्तिक शुक्ल द्वादशीका दिन ललितपुर मंगलबजारको कार्तिक...

  • २०८० मङ्सिर ७, बिहिबार

    हरिबाेधिनी एकादशी मनाइँदै

    आज कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधिनी एकादशी । चार महिनादेखि सयन गरिरहेका भगवान नारायण आजको दिनमा ब्युँझिनुहुने धार्मिक विश्वास रहेको छ । त्यसैले आजको दिनलाई हरिबोधिनी एकादशी भनिएको हो । विष्णुपुराण अनुसार आषाढ शुक्ल एकादशीको दिनमा भगवान नारायण...

  • २०८० मङ्सिर ४, सोमबार

    उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन

    उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य दिई चार दिन लामो छठ पर्वको आज बिहान सम्पन्न भएको छ । सूर्यदेवलाई बिहानै अर्घ्य चढाएसँगै विधिपूर्वक रुपमा छठ पर्व सम्पन्न भएको हो । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन आइतबार अस्ताउँदो...

  • २०८० मङ्सिर १, शुक्रबार

    मिथिलाञ्चल लगायत तराई मधेसमा छठ पर्वको रौनक

    मिथिलाञ्चल लगायत तराई मधेसमा हर्सोल्लाषपूर्वक मनाइने छठपर्व आजदेखि शुरु भएको छ । चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन ब्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा नहाय–खाय विधि अन्तर्गत चामल, सक्खर र दुध...

  • २०८० कार्तिक २८, मंगलबार

    तिहारको क्रममा आज गोवर्धन पूजासाथै म्हपूजा

    आज कार्तिक शुक्ल प्रतिपदा, नेपालीहरुको दोश्रो महान चाड तिहारको क्रममा गोबर्धन पूजा गरिँदैछ । त्यस्तै नेवाः समुदायले भने धुमधामका साथ विभिन्न कार्यक्रम गरी नेपाल सम्वतको न्हूदँ (नयाँ वर्ष) ११४४ लाई स्वागत गरिँदैछ भने आजै बेलुकी म्हपूजा पनि गरिन्छ ।...

  • २०८० कार्तिक २७, सोमबार

    नेवाः समुदायहरु आज लक्ष्मीपूजा मनाउँदै

    काठमाडौंका नेवार समुदायले यमपञ्चकको तेस्रो दिनको रुपमा लक्ष्मी पूजा मनाएका छन् । स्वन्ति नखःका रुपमा मनाउने तिहारमा धनकुवेर र सेतो ख्याक सहितको कछुवा बाहन लक्ष्मीको हातले बनाएको चित्रमा लक्ष्मी पूजा गर्ने चलन रहेको छ । लक्ष्मीलाई महाशक्तिकै रुपमा...

  • २०८० कार्तिक २६, आइतबार

    घरघरमा देवी लक्ष्मी भित्र्याईंदै

    यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज बेलुकीबाट कार्तिक कृष्ण औंशी तिथि लाग्ने हुनाले तिथि नै आवश्यक हुनेहरुले आज बेलुकी लक्ष्मीपूजा...

  • २०८० कार्तिक २६, आइतबार

    यमपञ्चकको दोश्रो दिन, कुकुर पूजा गरिँदै

    आज कार्तिक कृष्ण चतुर्दशी, यमपञ्चकको क्रममा सबैले कुकुर पूजा गर्दैछन् । यमराज दुतको रुपमा आजको दिन कुकुरलाई टिका र घाँटीमा फुलमाला लगाइदिएर पूजा गरिन्छ । त्यस्तै कुकुरलाई प्रिय मासु, दूध, अण्डा आदिको साथमा मिठो मिठो खानेकुरा खुवाइन्छ । धार्मिक...

Pages