श्री तलेजु भवानी सेवा समितिको साधारण सभा सम्पन्न
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० पौष २९, आइतबार

आराध्यदेवी श्री तलेजु भवानी सेवा समितिको १२ औं साधारण सभा सम्पन्न भएको छ । शनिवार पचली भैरव पीठ, टेकूमा समितिको साधारण सम्पन्न भएको हो ।
कार्यक्रममा समितिका सचिव राजेन्द्र मानन्धरले समितिको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष कमला श्रेष्ठले संस्थाको आर्थिक गतिविधि प्रस्तुत गरे ।
कार्यक्रममा समितिका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले संस्थाले गाइजात्रा पर्वको अवसरमा तता केहेँ पुचःसँगको सहकार्यमा निःशुल्क पानी वितरण, इन्द्रजात्रामा जात्रा अवधिभर साँझ दीप प्रज्वलन, विशेष पूजा र समयबजी प्रसाद वितरण गरेको बताए ।
त्यस्तै बडा दशैंमा श्री तलेजु भवानी सवारी यात्रामा स्वयंसेवकको भूमिका निर्वाह, तिहारमा हनुमानढोका परिसरमा दीप प्रज्वलन, भैरवाष्टमीमा नित्यनाथ, श्री भैरवको पूजा आराधना गरेको जानकारी दिए ।
कार्यक्रममा कार्यसमितिका सदस्यहरु लगायत आजिवन सदस्यहरु, पदेन सदस्यहरु लगायत साधारण सदस्यहरुको उपस्थितिमा श्री पचली भैरवनाथ तथा अष्टमातृकाको पूजा पनि गरिएको थियो ।
Categorized in संस्कृति