arin enterprises

संस्कृति

  • २०८० भाद्र १७, आइतबार

    संस्कृति धान्दै संचारकर्मी साथै गृहिणीहरु

    प्रेरणा शाक्य । निकै सक्रिय महिला पत्रकार । विशेष गरी काठमाडौं उपत्यकाका जात्रापर्व, स्थानीय गतिविधिको रिपोर्टिङ गर्न उनी जहाँ पनि जतिखेर पनि क्यामेरा बोकेर पुगिहाल्छिन् । कुनै बेला उनी बिना क्यामेरा कतै देखिइन् भने मान्छेहरुले सोधि हाल्छन्, ‘...

  • २०८० भाद्र १४, बिहिबार

    गुंपुन्हि तथा जनै पूर्णिमा मनाईंदै

    आज श्रावण शुक्ल पूर्णिमा, नेवार समुदायहरु आजको दिन गुंपुन्हि मनाइरहँदा तागाधारीहरु जनै पुर्णिमा मनाइरहेका छन् । आजको दिनलाई “गुंला महिनाको पुन्हि” अर्थात् “गुंपुन्हि” भनेर मनाउँछन् । विभिन्न ९ थरी गेडागुडी पकाएर क्वाति खाँदै आज नेवार समुदाय...

  • २०८० भाद्र १३, बुधबार

    भक्तपुरमा आज जनै पूर्णिमा र गुन्हुँपुन्ही मनाईंदै

    तिथिमा भएको गडबडीका कारण भक्तपुरवासीहरुले आजै जनै पुर्र्णिमा र गुन्हुँ पुन्ही मनाइएको छ । यो वर्ष गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेपछि यहाँ अघिल्लो दिन नै जनैपूर्णिमा मनाइएको हो । भक्तपुरमा तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन चाडपर्व...

  • २०८० भाद्र २, शनिबार

    कीर्तिपुरस्थित बाघ भैरवको जात्रा मनाइयो

    कीर्तिपुरको प्रख्यात बाघ भैरवको जात्रा हिजो सम्पन्न भएको छ । प्रत्येक वर्ष भदौ १ गते सिंह संक्रान्तीका अवसरमा मनाइने सो जात्रामा कीर्तिपुरवासीमात्रै नभइ उपत्यकाभरबाट मानिसहरु सहभागी हुने गर्छन् । यस अवसरमा मन्दिरको उत्तरपट्टि रहेको कुण्डमा बाघभैरवको...

  • २०८० श्रावण ३२, बिहिबार

    बौद्ध धर्मावलम्वीहरु गुँला पर्व मनाईंदै

    विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व आज विहीबारदेखि शुरु भएको छ । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने गुँला पर्व आजदेखि विधिवत् सुरु भएको...

  • २०८० श्रावण २९, सोमबार

    आज साउने अन्तिम सोमबार

    साउन महिनाको अन्तिम सोमवार आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । यस वर्षको साउनको अन्तिम सोमवार आज पशुपतिनाथसहित देशभरका शिवालयहरुमा दर्शनार्थी भक्तजनहरुको घुइँचो छ । यस वर्ष साउनमा ५ वटा सोमवार परेको थियो । पशुपतिनाथ मन्दिरमा भक्तजनहरु...

  • २०८० श्रावण २१, आइतबार

    अग्निशालामा पुरुषोत्तम महात्म्य वाचन हुँदै

    १२ महिनाको एक वर्ष हुन्छ । र साधारणतयाः वर्षमा ३६५ दिन भन्ने गरिन्छ । ‘यो त सबैलाई थाहा भएकै कुरा हो, किन भनीरहन पर्यो र ?’ शायद तपाईँले यस्तै भन्नेभयो होला । तर धेरैलाई थाहा नहुन सक्छ ३६५ दिनको एक वर्ष मात्र होइन, ३५४ दिनको एक वर्ष पनि हुन्छ ।...

  • २०८० श्रावण १५, सोमबार

    श्रावण १५, खीर दिवस

    आज साउन १५, नेपालीहरु आज यो दिन खीर खाने दिनको रुपमा मनाइरहेका छन् । बहुलजाती भएको नेपालमा पर्व विशेषको साथमा विभिन्न पूजापाठ, भोजतेरमा समेत विशेष परिकारका रूपमा खाइने खीरको साउन १५ गतेका दिन विशेष महत्व रहन्छ । यो दिन प्राय सबै नेपालीले घर घरमा खीर...

  • २०८० श्रावण १०, बुधबार

    शंखमूलमा पुरुषोत्तम महात्म्य वाचन कार्यक्रम जारी

    जोशी समाज केन्द्रीय समितिले पुरुषोत्तम मासको अवसरमा एक महिने पुरुषोत्तम महात्म्य कथा वाचन कार्यक्रमको आयोजना गरेको छ । अहिले पुरुषोत्तम मास जारी रहेको बेला समाजले एक महिने पुरुषोत्तम महात्म्य कथा वाचन, पूजापाठ र भजनकीर्तन कार्यक्रमको आयोजना गरेको हो...

  • २०८० श्रावण १, सोमबार

    साउने संक्रान्ति मनाईंदै

    आज साउने संक्रान्ति । नेपालीहरुले आ–आफ्नो परम्परा अनुसार यो पर्व मनाउने गर्दछन् । सूर्य आजदेखि कर्कट राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई कर्कट सक्रान्ती पनि भन्ने गरिन्छ । साथै सूर्य आजैदेखि दक्षिणायण हुने गर्दछ । माघे सक्रान्तिबाट उत्तरायण भएको...

  • २०८० आषाढ ३१, आइतबार

    थिमिमा सम्पन्न भयो ‘त्वानाः तिनेगु’ पर्व

    श्रावण कृष्ण चतुर्दशीका दिनमा नेवार समुदायमा ‘गथांमुगः चःर्‍हे’ पर्व मनाउने प्रचलन रहेको छ । यसै क्रममा शनिबार काठमाडौं उपत्यकालगायत नेवार समुदायको बसोबास रहेको विभिन्न स्थानमा आआफ्नो स्थानीय परम्परा अनुसार गथांमुगः चःर्‍हे मनाइयो । गथांमुगः चःर्‍...

  • २०८० आषाढ ३०, शनिबार

    भूतप्रेत र पिशाच भगाउने पर्व "गथांमुगः"

    आज श्रावण कृष्ण पक्ष चतुर्दशी । आजको दिन नेवार समुदाय गथांमुगः पर्व मनाउने गर्छन् । नेपाल मण्डलमा धान रोपाईं जसलाई “सिनाज्या” भनिन्छ, भन्दा अघिको चाड सिथिनखस्लाई वर्षको अन्तिम र सिनाज्या पछि मनाइने गथामुंग चह्रेलाई वर्षको पहिलो चाड भनेर मानिआएको छ।...

  • २०८० आषाढ २८, बिहिबार

    १२ बर्षे खड्गसिद्धि जात्राको लागि सुपारी दाम चढाइयो

    पचली भैरव १२ बर्षे खड्गसिद्धि जात्राको लागि कामिका एकादशीको दिन अर्थात् आज काठमाडौंको मल्लकालीन दरवार हनुमाढोकामा सुपारी चढाइएको छ । ज्याबहालमा रहेको आगमघरबाट पचली भैरवको मूर्ति अंकित चाँदीको पुजा थालीमा १२ वटा ठूलो सुपारी र ६ वटा चाँदीको असर्फी...

  • २०८० आषाढ २७, बुधबार

    पचली भैरवको १२ बर्षे खड्गसिद्धि जात्रा भोलीबाट औपचारिक रुपमा सुरु हुने

    काठमाडौंको ऐतिहासिक पचली भैरवको १२ बर्षे खड्गसिद्धि जात्रा (गथु प्याखं) को गतिविधि भोलि बिहिबारबाट औपचारिक रुपमा सुरु हुने भएको छ । भोलि अर्थात कामिका एकादशीको दिन काठमाडौंको मल्लकालीन दरवार हनुमाढोकामा सुपारी राखिने भएको छ । १२ वर्षे जात्रा सुरु...

  • २०८० आषाढ २५, सोमबार

    साउने ब्रत प्रारम्भ

    तिथि अनुसार साउने सोमबारको व्रत आजदेखि शुरु भएको छ । साउने ब्रत शुरु हुने भएपछि पशुपतिनाथलगायत देशभरका शिव मन्दिरहरुमा दशनार्थीको भीड बढेको छ । पशुपति क्षेत्र विकास कोषले साउने ब्रतका लागि सबै तयारी गरिएको जनाएको छ । साउने सोमबारका लागि देशका...

  • २०८० आषाढ १९, मंगलबार

    नृसिंह जात्राका लागि मल्ल राजालाई निमन्त्रणा दिइयो

    ललितपुर राज्यका मल्ल राजा निमन्त्रणा अर्थात ‘स्वां तः वनेगु’ कार्यक्रम सम्पन्न भएको छ । गुरुपूर्णिमाको दिन ललितपुरका राजोपाध्याय देव ब्राम्हणहरु ललितपुरको मंगलबजारस्थित मल्लकालीन दरवारको सुन्दरी चोकमा गई मल्ल राजालाई निमन्त्रणा ‘स्वां तःवनेगु’...

Pages