arin enterprises

संस्कृति

  • २०७९ चैत्र २२, बुधबार

    रातो मच्छिन्द्रनाथको रथयात्राको तयारी तीब्र

    स्थानीय जनसमुदायमा बुंगद्यः भनिने रातो मच्छिन्द्रनाथको रथयात्राको तयारी तीव्र भएको छ । यसै क्रममा वर्षा र सहकालका देवता मच्छिन्द्रनाथको महास्नान प्रत्येक वर्ष वैसाख कृष्ण प्रतिपदाका दिन गराउनुपर्ने परम्परा अनुसार आउँदो चैत्र २४ गते महास्नान गर्न...

  • २०७९ चैत्र १९, आइतबार

    सेतो मच्छिन्द्रनाथ (जनबहा द्यः)को जात्रा आज सकिने

    वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वर अर्थात् सेतो मच्छिन्द्रनाथको रथयात्रा आज सम्पन्न हुँदैछ । करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई गत बुधबार जनबहालबाट तीनधारा पाठशालासम्म खट यात्रा  गरी जमलमा बनाइएको रथमा...

  • २०७९ चैत्र १७, शुक्रबार

    ऐतिहासिक महालक्ष्मी जात्रा ३४ वर्षपछि पुनः सुरु

    पाटनको ऐतिहासिक महालक्ष्मी ३४ वर्षपछि पुनः सुरु भएको छ । हिजो विहीबार पाटनको महालक्ष्मी मन्दिरबाट महालक्ष्मीको मूर्तिलाई तान्त्रिक रुपमा पूजा गरेर खटमा राखेर नगर परिक्रमा गराइएको हो । कायगुननी मंका खलःको आयोजनामा ललितपुर महानगरपालिकाको सहयोगमा...

  • २०७९ चैत्र १६, बिहिबार

    रामनवमी पर्व मनाईंदै

    आज चैत्र शुक्ल नवमी । मर्यादा पुरुषोत्तम श्रीरामको जन्म दिनको रुपमा आज हिन्दूधर्मावलम्बीहरु हर्षाेल्लासपूर्वक रामनवमी पर्व मनाईंदैछ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा भगवान विष्णुको सातौँ अवतारको...

  • २०७९ चैत्र १५, बुधबार

    अन्नदाताको रुपमा पुजिने सेतो मच्छिन्द्रनाथको जात्रा सुरु

    वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वर अर्थात् सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट शुरु हुँदैछ । काठमाडौँ उपत्यकाका बृद्धबृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ । करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो...

  • २०७९ चैत्र १५, बुधबार

    हिन्दू धर्मावलम्बीहरु आज चैते दशै मनाईंदै

    आज चैते दशैं । हरेक वर्ष चैत शुक्ल अष्टमीका दिनलाई नेपालीहरु चैते दशैंको रुपमा मनाउने गर्दछन् । हिन्दू धर्मावलम्वीहरु आज घरघरमा तथा शक्तिपीठहरुमा वडा दशैंमा जस्तै दुर्गा भवानीको पूजाआजा गरी मनाइन्छ । चैत प्रतिपदाका दिनदेखि शुरु हुने चैत्र नवदुर्गाको...

  • २०७९ चैत्र १४, मंगलबार

    सेतो मच्छिन्द्रनाथ रथयात्राको कार्यक्रम सार्वजनिक

    यस वर्षको सेतो मच्छिन्द्रनाथ (जनबहाःद्यः) रथयात्राको कार्यक्रम सार्वजनिक भएको छ । सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले आज विज्ञप्ती जारी गर्दै रथयात्राको कार्यक्रमहरु सार्वजनिक गरिएको हो । समितिबाट जारी विज्ञप्ती अनुसार भोलि चैत्र १५ गते...

  • २०७९ चैत्र ८, बुधबार

    पाटनमा मल्लकालिन घोडाजात्रा सम्पन्न

    अचेल घोडाजात्रा भन्ने वितिकै टुँडिखेलमा सेनाहरुको घोडाजात्रालाई मात्र लिने गरिन्छ । तर पाटनमा मल्लकालीन ऐतिहासिक घोडाजात्रा हुन्छ भनेर धेरैलाई थाहा नहुन सक्छ । हो, काठमाडौंमा राणाकालीन सेनाको घोडेजात्रा हुने चैत्र औंशीकै दिनमा पाटनमा मल्लकालीन एक्लो...

  • २०७९ चैत्र ८, बुधबार

    असन चोकमा आज खट जुधाउने

    पाहाँचःहेको तेस्रो दिन आज असनमा देउता जुधाउने गरिन्छ । जसलाई स्थानीय भाषामा ‘द्यः ल्वाकेगु’ भन्ने गरिन्छ । आजको दिन असनको डवलीमा पहेंलो टोपी, रातो र निलो टोपी लगाएका समूहरु एक आपसमा भेला भई जात्रा मनाउने गर्दछ । आज टेबहाल भद्रकाली र वटु भद्रकाली...

  • २०७९ चैत्र ७, मंगलबार

    टोलटोलमा मरःजा खुवाइयो

    नेवारहरुको सबैभन्दा ठूलो चाडको रुपमा मनाउँदै आएको पाहाँचह्रको आज दोस्रो दिन । आज टोलटोलमा बालबालिकाहरूलाई ‘मरःजा’ खुवाइयो । मरःजा एक प्रकारको पवित्र भाट हो, जुन शुद्धसँग नित्य पूजा गरी पकाइन्छ । ‘मरःजा’ खुवाउँदा व्रतबन्ध नगरेका र बेलविवाह नगरेका...

  • २०७९ चैत्र ६, सोमबार

    पाहांचःर्‍हे पर्व र घातुराग

    पाहांचःर्‍हे काठमाडौं उपत्यकाको एक मुख्य चाड हो । पाहाँचःर्‍हेमा काठमाडौं उपत्यकावासीहरुले लुकुमहाःद्यः र विभिन्न देवीदेवताको जात्रा गर्ने गर्छन् । साथै आफ्ना छोरीबेटि, आफन्त, मित्रजन आदि इत्यादीलाई नखत्या बोलाएर भोज गरी रमाइलो गर्ने गर्दछन् ।...

  • २०७९ चैत्र ६, सोमबार

    नेवार समुदायहरु पाहाँचह्रे पर्व मनाउँदै

    नेवार समुदायको सबैभन्दा ठूलोचाडको रुपमा मनाउने पर्व हो पाहाँचह्रे । पाहाँचह्रे पर्व हरेक वर्ष पिशाच चर्तदर्शीको दिनदेखि तीन दिनसम्म मनाउने गरिन्छ । स्थानीय नेवार समुदायको यो दशैँपछिको ठूलो पर्व हो । नेवार भाषामा ‘पाहाँ’को अर्थ पाहुना हो भने ‘पासा’को...

  • २०७९ चैत्र ५, आइतबार

    मध्यपुरको पाटी विहारमा दिपंकर बुद्धमूर्ति स्थापना

    मध्यपुरको पाटी विहारमा सप्ताहव्यापी महापरित्राण कार्यक्रम जारी छ । भाजु राजमान र तेजमाया बाडेबाट ७ फुटे दिपंकर बुद्ध स्थापना गरेको उपलक्ष्यमा पाटी विहार सहयोग समितिको आयोजनामा गत फागुन ३० देखि महापरित्राण कार्यक्रम सुरु भएको हो । सप्ताहव्यापी...

  • २०७९ चैत्र ४, शनिबार

    इनाय टोलमा पाहाँचह्रेको रौनक

    नेवार समुदायहरुको ठूलो पर्व पाहाँचह्रे आउँदो चैत्र ६ गतेदेखि सुरु हुँदैछ । तर काठमाडौंको कंकेश्वरी मन्दिरसँगै रहेको इनाय टोलमा भने चैत्र ४ गते नै पाहाँचःर्‍हेको रौनक छाएको छ । यो रौनक साँच्चिकैको पाहाँचःर्‍हेको रौनक नभै भविष्यका कर्णधार...

  • २०७९ चैत्र १, बुधबार

    स्वयम्भु महाचैत्यको गजुर खस्यो

    काठमाडौंको धर्मधातु महाचैत्य स्वयम्भु स्तुपाको गजुर खसेको छ । गए राति आएको ठुलो हावाहुरीको कारण स्वयम्भु महाचैत्यको गजुर टुक्रा भइ खसेको हो । स्वयम्भू महाचैत्यमा १३ ज्ञानको प्रतीकको रुपमा रहेको त्रयोदश भुवनमाथि चारवटा थाममा स्वर्ण छत्र अड्याइएको छ...

  • २०७९ फाल्गुण ३०, मंगलबार

    दुरुच्याँच्याँ अर्थात् वच्सलेश्वरी जात्रा सुरु

    पशुपतिनाथ मन्दिर क्षेत्रमा मंगलवारदेखि वत्सलेश्वरी/बज्रेश्वरी (दुरुच्याँच्याँ) जात्रा शुरु भएको छ । सदाझैं नव बर्षको प्रारम्भमा मनाइने यस जात्रा यसपाली पनि भब्य र सभ्यता का साथ मनाइदै छ । वत्सलेश्वरी÷बज्रेश्वरी जात्रा स्थानीय भाषामा दुरुच्याँच्याँ...

Pages