arin enterprises

संस्कृति

  • २०७९ पौष १६, शनिबार

    सेता मच्छिन्द्रनाथको न्हवं अर्थात् महास्नान सम्पन्न

    सेता मच्छिन्द्रनाथ तथा आर्यावलोकितेश्वर नामले चिनिने करुणामयको महास्नान हिजो सम्पन्न भएको छ । स्थानीया भाषामा उक्त कार्यलाई “न्हवं” भन्ने गरिन्छ । पौष शुक्ल पक्ष अष्टमीका दिन हिजो मच्छिन्द्रनाथ मन्दिर अगाडिको मण्डपमा राखेर हिजो अपरान्हको शुभसाइतमा...

  • २०७९ पौष १५, शुक्रबार

    यस वर्षको माधवनारायण व्रत मेलाको तयारी पूरा

    यस वर्षको शंखरापुर (साँखु) को ऐतिहासिक धार्मिक माधवनारायण व्रत मेलाको लागि सम्पूर्ण तयारी पूरा भएको छ । श्री माधवनारायण स्वस्थानी व्रत कथा तथा शालिनदी सुधार समितिले शुक्रबार साँखुमा पत्रकार सम्मेलनको आयोजना गरी एक महिने मेलाको सम्पूर्ण तयारी पूरा...

  • २०७९ मङ्सिर २३, शुक्रबार

    “मतिना पारु” अर्थात प्रेम दिवस हर्षाेलास्पूर्वक मनाईंदै

    आज मतिना पारु अर्थात् प्रेम दिवस । यःमरी पुन्हीको भोलिपल्ट मनाईने “मतिना पारु” नेवार समुदायमा यो पर्व हर्षाेल्लासपूर्वक मनाइरहेका छन् । नेपालीहरु आयातित चाडपर्वहरु न्यू एयर, क्रिसमस, भ्यालेन्टाइन डे जस्ता विदेशी पर्वहरु मनाईरहनेहरुका लागि सुन्दा...

  • २०७९ कार्तिक २१, सोमबार

    पहिलो पटक नृसिंह बने रुजल राजोपाध्याय

    ललितपुरमा प्रत्येक वर्ष नचाइने विश्व प्रशिद्ध कार्तिक नाचमा रुजलधर राजोपाध्याय पहिलो पटक नृसिंह बनेका छन् । कार्तिक नाचको मुख्य आकर्षणको रुपमा रहेको नृसिंह नाचमा १५ बर्षिय रुजल पहिलो पटक नृसिंह बनेका हुन् । रुजल नृसिंह बन्ने तेस्रो कान्छो कलाकार...

  • २०७९ कार्तिक २०, आइतबार

    रोमन चित्रकार पहिलो पटक हिरण्याक्ष बने

     आज कार्तिक नाचमा रोमन चित्रकार पहिलो पटक दैत्य (हिरण्याक्ष) बनेका छन् । कार्तिक नाच अन्तर्गतको बराह अवतारमा १८ बर्षिय रोमन चित्रकार पहिलो पटक दैत्य बनेका हुन् । यसअघि उनका काका किरण चित्रकारले उक्त भुमिका निर्वाह गर्दै आएका थिए । किरण विगत २४...

  • २०७९ कार्तिक १८, शुक्रबार

    भगवान विष्णुको पूजा गरि हरिबोधनी एकादशी मनाईँदै

    आज हरिबोधनी एकादशी, भगवान विष्णुको पूजा गरि मनाईँदैछ । आषाढ शुक्ल एकादशीका दिन क्षीर सागरमा सयन गरेका भगवान् विष्णु आज उठ्ने धार्मिक विश्वास रहेको छ । भगवान बिष्णु सुत्नुे एकादशीलाई हरिशयनी एकादशी भनिन्छ भने उठने एकादशीलाई हरिवोधनी एकादशी भनिने हो...

  • २०७९ कार्तिक १८, शुक्रबार

    कार्तिक नाचमा आज मधुकैटभ वध कथा प्रस्तुत गरिँदै

    आज कार्तिक नाचमा जलशयण मधुकैटभ वध कथा प्रस्तुत गरिँदैछ । आजको बेलुका ७ बजे मंगलबजारको कात्ति डबलीमा जलशयण मधुकैटभ वध गीति नाटक प्रस्तुत गर्ने  कात्तिक नाच प्रवन्ध समितिले जनाएको हो । आजको प्रस्तुतीमा कलाकार विवेककृष्ण श्रेष्ठले नारायणको भुमिका...

  • २०७९ कार्तिक १७, बिहिबार

    आज कार्तिकनाचमा देवीनाच प्रस्तुत गरिँदै

    आज कार्तिक नाचको पाँचौ दिनमा देवी नाच प्रस्तुत गरिँदैछ । आजको प्रस्तुतिमा द्यःला नाच, कवं नाच, ख्याः नाच, भैरव कुमारी र महालक्ष्मीको नाच प्रदर्शन गरिन्छ । आज बेलुका ७ बजे मंगलबजारको कातिः डबलीमा देवी नृत्य प्रस्तुति सुरु हुने कार्तिक नाच प्रवन्ध...

  • २०७९ कार्तिक १६, बुधबार

    कार्तिक नाचमा आज युद्धकला देखाइने

    आज कार्तिक नाचको चौथौ दिन युद्धकला प्रस्तुत गरिँदैछ । आजको युद्धकला प्रस्तुतिमा शितज्वर, विष्मज्वरको युद्ध र महादेव कृष्णको युद्ध कथा प्रदर्शन गरिनेछ । कात्तिक नाच प्रवन्ध समितिका अनुसार आज बेलुकीको ७ बजेबाट युद्धकला प्रस्तुति सुरु गरिनेछ । आजको...

  • २०७९ कार्तिक १४, सोमबार

    कार्तिक नाचको दोस्रो दिन आज बाथः नाच

    आज कार्तिक नाचको दोस्रो दिन बाथः नाच अन्तरगत च्वलय् खुदां दां खुदां नाटक प्रस्तुत गरिँदैछ । आजको यलय् बाथः (पाटनका बाठो) ले बाख्री साहुसँग १२ दामको बाख्री बठ्याईँ गर्दै सित्तैमा लैजाने कथा प्रदर्शन गरिनेछ । आज बेलुकीको ७ बजेबाट बाथः प्याखं सुरु...

  • २०७९ कार्तिक १४, सोमबार

    उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ सम्पन्न

    छठ पर्वको आज अन्तिम दिन, उदाउँदो सूर्यलाई अर्घ्य दिँदै पर्वको समापन गरिएको छ । हिजो अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बसेका व्रतालुहरुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिँदै पर्वको समापन गरेका हुन् । नजिकको नदि किनार, पोखरी, तलाउलगायतका...

  • २०७९ कार्तिक १३, आइतबार

    कार्तिक नाचमा आज भक्त सुरदासको कथा

    ललितपुरको ऐतिहासिक मल्लकालीन कात्तिक नाचको आज पहिलो दिन भक्त सुरदासको कथा प्रस्तुत गरिँदैछ । आजको प्रस्तुतिमा कृष्णका भक्त सुरदासको कथा प्रस्तुत गरिनेछ । कथामा भक्त सुरदासको कृष्णप्रतिको भक्तिभाव र वास्तविक भक्ति भनेको के हो भन्ने शिक्षा नाटकमार्फत...

  • २०७९ कार्तिक १३, आइतबार

    कार्तिक नाच आजवाट सुरु हुँदै

    नेपालको प्रसिद्ध मल्लकालीन कार्तिक नाच आजबाट सुरु हुँदैछ । आजबाट सुरु गरिने कार्तिक नाच ललितपुरको मंगलबजारको कार्तिक डबलीमा आउँदो दश दिनसम्म प्रदर्शन गरिनेछ । कार्तिक नाचको मुख्य आकर्षणको रुपमा लिइने नृसिं अवतारको नाच भने आउँदो २० गते आइतबारका दिने...

  • २०७९ कार्तिक ६, आइतबार

    यमपञ्चकको पहिलो दिन आज काग तिहार

    आज कार्तिकृष्णपक्ष त्रयोदशी तिथि अर्थात् आजबाट नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । तिहार अर्थात यमपञ्चकको पहिलो दिन आज काग तिहार मनाइदैछ । कार्तिक कृष्ण त्रयोदशीको दिन हिजो बेलुका यमदीप दान गरिएसँगै यस वर्षको तिहार सुरु भएको हो । सूचनाको...

  • २०७९ कार्तिक २, बुधबार

    १२ वर्षे ङ्यतभुलु अजिमा अर्थात् श्वेतकाली नाच तलेजु डबलीमा नचाइयो

    प्रत्येक १२ वर्षमा नचाईने ङ्यतभुलु अजिमा अर्थात् श्वतेकाली नाच हिजो तलेजु मन्दिरको प्राङ्गणमा अवस्थित डबलीमा नचाइयो । न्यतभुलु अजिमा प्रत्येक १२ वर्षको पाहाँचह्रेका दिन निकालेर त्यस दिन बेलुकी र भोलिपल्ट दिनभरी नरदेवी मन्दिर अगाडीको दबलीमा नचाउने...

  • २०७९ आश्विन २३, आइतबार

    नेवा समाजमा आलमत

    आज असोज पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमा । नेवार समुदायले आजको दिनलाई कति पुन्हि भनेर मनाउने गर्छन् । नेवार समुदायमा नखत्या बोलाउने र नखत्या जाने सँगै टीका लगाउने क्रम आजबाट सम्पन्न हुन्छ । साथमा नेवार समुदायमा आज आलमत राख्ने प्रचलन पनि रहेको छ ।...

Pages