arin enterprises

संस्कृति

  • २०७९ श्रावण १४, शनिबार

    पञ्चाभिषेक रूद्री समापनमा महादेव क्लब सहयोगी संस्था

    राजोपाध्याय समाजबाट आयोजना हुन लागेको पञ्चाभिषेक रूद्री समापन समारोहमा मखनस्थिन महादेव महादेव क्लबले सघाउने भएको छ । आयोजक संस्था राजोपाध्याय समाज र स्थानीय क्लब महादेव मखन क्लबबीचको वैठकमा क्लबले कार्यक्रममा आवश्यक सहयोग गर्ने बताएको हो । वैठकमा...

  • २०७९ श्रावण १३, शुक्रबार

    आजदेखि गुँलाधर्म प्रारम्भ

    आजदेखि गुँलाधर्म प्रारम्भ भएको छ । नेपाल संवत्को पात्रो अनुसार दशौं महिनालाई गुँला भनिन्छ । आजदेखि एक महिनासम्म बुद्धको उपासना गरी गुँला पर्वलाई मनाउने प्रचलन रहिआएको छ । विशेषगरी गुँला पर्वमा बौद्धमार्गीहरु भगवान बुद्धको उपासना गर्ने गर्ने, बुद्धको...

  • २०७९ श्रावण १०, मंगलबार

    राजोपाध्याय समाजको पञ्चाभिषेक रूद्री समापनको तयारी तीब्र

    राजोपाध्याय समाजले मासिक रूपमा आयोजना गर्दै आएको पञ्चाभिषेक रूद्रीको समापन समारोहको तयारी तीब्र भएको छ । समाजले विभिन्न उपसमितिहरु गठन गर्दै समारोहको तयारी तीब्र बनाएको समाजको अध्यक्ष संजय शर्मा राजोपाध्यायले बताउनु भएको हो । एक वर्षसम्म मासिक रूपमा...

  • २०७९ श्रावण १०, मंगलबार

    ठेचो नवदुर्गा १२ बर्ष जात्रा सुरु

    आज नेवार समुदाय गथांमुगः चः¥हे पर्व मनाउँदैछन् । ललितपुर जिल्लाको गोदावरी नगरपालिकाको ठेचोका बासीन्दाको लागि भने आजको दिनको अर्को एउटा पनि विशेषता र महत्व रहेको छ । आजबाट ठेचोमा नवदुर्गा भवानीको १२ वर्षे जात्रा सुरु भएको छ । हरेक १२ बर्षको एकपटक...

  • २०७९ श्रावण १०, मंगलबार

    भूत भगाएर गथांमुगः अर्थात् गठेमंगल पर्व मनाईंदै

    नेवार समुदायले विभिन्न समयमा विभिन्न मौसम तथा ऋतुअनुसार चाडपर्वहरू मनाउँदै आएका छन् । यसैमध्येमा एक विशेष पर्व हो गथांमुग अर्थात् गठेमंगल । यो दिन चतुर्दशीको दिन पर्ने भएकोले यस दिनलाई घन्टाकर्ण चतुर्दशी पर्व पनि भन्ने गरिन्छ । वर्षभरिका...

  • २०७९ श्रावण २, सोमबार

    साउनको पहिलो सोमबार शिवालयहरुमा महिलाहरुको घुँइचो

    आज साउन महिनाको पहिलो सोमबार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजाआराधना गर्दैछन् । विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । साउन महिनाभर भगवान शिवको विशेष ब्रत बस्ने चलन रहेको छ ।...

  • २०७९ आषाढ ३२, शनिबार

    नवदुर्गा नाचका लागि नगरपालिकाको ५० लाखको सहयोग

    गोदावरी नगरपालिकाले यसवर्षको ठेचोको १२ वर्ष जात्रा लागि ५० लाख नगद सहयोग गरेका छन् । आज शनिबार आयोजित कार्यक्रममा मेयर गजेन्द्र महर्जनले उक्त सहयोगको चेक हस्तान्तरण गरेका हुन् । उक्त नगरपालिकाको सहयोगले १२ वर्षे नवदुर्गा नाच सञ्चालन गर्न सहज हुने...

  • २०७९ आषाढ ३०, बिहिबार

    संरक्षणको पखाईमा भगीरथ भैयाको मुखाकृति

    मल्लकाललाई साँस्कृतिक धार्मिक सम्पदा निर्माणमा स्वर्ण यूगकै रूपमा लिइन्छ । कुनै समय पाटनको राज्य संचालनमा मल्ल राजाहरुलाई नै राज्य चलाउनमा महत्त्वपूर्ण सहयोग गर्ने एक भारदार हुन् भगीरथ भैया भारो । दरवारका एक भारदार भएकैले उनलाई भारो भनिएको हो । भारो...

  • २०७९ आषाढ २९, बुधबार

    नृसिंह जात्राका लागि राजालाई निमन्त्रणा दिइयो

    आज असार पुर्णिमा अर्थात गुरु पूर्णिमा । आजको दिनमा आफुलाई शिक्षादिक्षा दिने र जीवनमा सहि मार्ग देखाउने गुरुजनको स्थान र महत्त्वबारे यहाँ कसलाई बताइरहनु पर्ला र ? नेवार समाजमा हिन्दु समुदायको गुरु पुरोहितको रुपमा परिचित राजोपाध्याय देव ब्राम्हणहको...

  • २०७९ आषाढ १६, बिहिबार

    ङातापोल मन्दिरको ३२० औं बर्षिक उत्सब मनाइयो

     भक्तपुरको ऐतिहासिक ङातापोल मन्दिर आजबाट ३२० बर्ष लागेको छ । ३२० वर्ष अघि मन्दिर स्थापना गरिएको दिनको सम्झनामा आज मन्दिरको बुसादँ अर्थात बर्षबर्धन पूजा गरिएको छ । वर्षवर्धनको अवसरमा आज ङातापोलको गर्भमा रहेकी श्री सिद्धिलक्ष्मी देवीलाई छाग अर्थात...

  • २०७९ आषाढ १, बुधबार

    जेष्ठ पुर्णिमाको अवसरमा शाक्य महाविहार संघको पंचदान

    जेष्ठ शुक्ल पुर्णिमाको दिनको नेवाः समुदायमा ठुलो महत्त्व छ । चन्द्रमानको गणना अनुसार वर्षको सबैभन्दा लामो दिन मानिने यस दिनलाई नेवार समुदायले ज्याःपुन्हि भन्ने गर्छन् । बौद्ध धर्मावलम्बीहरुले भने जेष्ठ पुर्णिमाको दिनलाई भगवान गौतम बुद्धले...

  • २०७९ जेठ ३१, मंगलबार

    सम्भोगको प्रतिकात्मक रूप हो पनौतिको जात्रा

    पनौतिको जात्रा जेष्ठ पुर्णिमाको दिनलाई पनौतिमा धुमधामसँग मनाउने गरिन्छ । जेष्ठ पूर्णिमाको जात्रा नै पनौतिको मुख्य जात्रा हो । यो दिनमा भद्रकाली र उन्मत्त भैरवको रथ जात्रा गर्ने गरिन्छ । जात्राको क्रममा भद्रकाली, भैरवको रथलाई तानेर एक आपसमा जुधाउने...

  • २०७९ जेठ ३१, मंगलबार

    ललितपुरमा मणिकेशवनारायणको जन्मदिन मनाईयो

    आज जेष्ठ शुक्ल पुर्णिमा, लतिलपुर मंगलबजार दरवारमा अवस्थित मणिकेशव नारायणको बुसादँ अर्थात बर्षबर्धन पूजा सम्पन्न भएको छ । मंगलबार ललितपुर दरबार क्षेत्रको केशव नारायण चोकमा रहेको केशव नारायण चोकमा बर्षबर्धन पूजा गरिएको हो । बर्षबर्धन पूजाको अवसरमा...

  • २०७९ जेठ ३१, मंगलबार

    आज मेघमल्हार राग गाउँदै वर्षालाई आह्वान गरिने

    आज जेठ महिनाको पुर्णिमा, नेवार समुदायको लागि आजको दिनले विशेष महत्त्व राखेको हुन्छ । आजको दिनलाई काठमाडौं उपत्यकाका नेवाः समुदायले ज्याः पुन्हि भन्ने गर्छन् । पुन्हि भन्नाले पुर्णिमा र ज्याःलाई ज्याथः भनी अर्थ्याइएको छ । आजको दिनलाई वर्षको सबैभन्दा...

  • २०७९ जेठ २६, बिहिबार

    आर्थिक समस्याका कारण तलेजुको पूजा संकटमा

    जुनै कुरा गरौं, आर्थिक पक्ष त जोडिएकै हुन्छ । भगवानको पूजाकै कुरा गरौं, केही ठुलो वा सानो धनराशीको आवश्यकता त हुन्छ नै । भगवानको साधारण पूजा मात्र नै किन नहोस्, चन्दन, सिन्दुर, केही अक्षता, केही फुल र यी सामग्रीको लागि केही रकमको आवश्यकता पर्ने...

  • २०७९ जेठ २६, बिहिबार

    पाटनको तलेजु भवानी ४०३ वर्ष लागिन्

    ललितपुरको तुलजा अर्थात तलेजु भवानी ४०२ वर्ष पूरा भएर ४०३ बर्षमा टेकेकी छन् । हो, आज तुलजा भवानीको जन्मोत्सव । तलेजु भवानीको जन्मोत्सव, विशेष त हुने भइहाल्यो । आज तलेजुको जन्मोत्सव ललितपुर दरवार क्षेत्रमा धुमधामका साथ मनाइएको छ । देवी देवता अथवा...

Pages