पञ्चाभिषेक रूद्री समापनमा महादेव क्लब सहयोगी संस्था
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७९ श्रावण १४, शनिबार

राजोपाध्याय समाजबाट आयोजना हुन लागेको पञ्चाभिषेक रूद्री समापन समारोहमा मखनस्थिन महादेव महादेव क्लबले सघाउने भएको छ ।
आयोजक संस्था राजोपाध्याय समाज र स्थानीय क्लब महादेव मखन क्लबबीचको वैठकमा क्लबले कार्यक्रममा आवश्यक सहयोग गर्ने बताएको हो । वैठकमा क्लबले कार्यक्रम स्थलको साजसज्जा, स्वयमसेवक लगायतका कामहरुमा सहयोग गर्ने बताएको थियो ।
क्लबका सल्लाहकार बालकृष्ण महर्जनले यस किसिमको पवित्र र भव्य धार्मिक कार्यक्रम आफ्नै टोलमा हुन लागेकोमा निकै खुसी लागेको बताउनुभयो ।
‘तलेजु, कालभैरव, महिन्द्रेश्वर महादेव लगायतका देवीदेवताको उपस्थितीले पावन बनेको मखन क्षेत्रमा यस किसिमको भव्य धार्मिक अनुष्ठान हुन लागेकोमा हामीलाई गर्व छ । यसलाई अझ भव्य बनाउन हामीले सक्दो सहयोग गर्छौं’ सल्लाहकार महर्जनले भने ।
समाजले गत २०७८ श्रावण महिनाबाट उपत्यकाका तीनै शहरको शिवालयमा एकै दिन एकै समयमा पञ्चाभिषेक रूद्री शुरु गरेको थियो ।
एक वर्षसम्म आयोजना गर्ने भनी संचालन गरिएको रूद्री महिनाको एक पटक गर्दै गएको असार महिनामा १२औं पटकको कार्यक्रम सम्पन्न भइसकेको छ ।
आउँदो श्रावण २४ गते लघु रूद्राभिषेकको साथमा सप्तशती चण्डी, शिव पञ्चाङ्ग र अयुताहुति यज्ञ गर्दै पञ्चाभिषेक रूद्रीको साङ्गे गरिन लागेको छ ।
Categorized in संस्कृति