संस्कृति
-
२०७९ जेठ २१, शनिबार
सर्वसाधारणलाई आज भोटो देखाईँदै
वर्षा र सहकालका देवता तथा ललितपुर उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा आज मनाइँदैछ। आज गुठी संस्थानका प्रमुखबाट राष्ट्रपति विद्यादेवी भण्डारीलगायत राज्यका उच्च पदस्थ व्यक्तिहरूको उपस्थितिमा...
-
२०७९ जेठ १९, बिहिबार
न्हूघःस्थित कुमार कात्र्तिकेको महास्नान सम्पन्न
हरेक वर्ष झैं यस वर्ष पनि काठमाडौंको न्हूघःस्थित कुमार कात्र्तिकेको महास्नान (न्हवं) विहीबार बेलुका सम्पन्न भएको छ । महादेव र पार्वतीको ज्येष्ठ सुपुत्र कुमार कात्र्तिकेलाई नेपालभाषाबाट सिद्धि द्यः पनि भन्ने गरिन्छ । नेवार समुदायको महत्वपूर्ण चाड...
-
२०७९ जेठ १८, बुधबार
मछिन्द्रनाथको रथयात्रा सम्पन्न
नेपालकै सबैभन्दा लामो जात्राका रुपमा लिइने वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको रथयात्रा सकिएको छ। बुधबार ललितपुरको लगनखेलदेखि रथलाई तानेर जावलाखेल पु¥याएसँगै यो वर्षको मच्छिन्द्रनाथको रथ जात्रा समापन भएको छ । वैशाख शुक्ल प्रतिपदामा रथारोहण...
-
२०७९ जेठ १७, मंगलबार
गंगा दशहरा आरम्भ
आजबाट गंगा दशहरा सुरु भएको छ । दशहरा अथवा दशैं । दशैं भन्ने वित्तिक्कै आश्विन महिनामा आउने बडा दशैं नै हाम्रो मन मस्तिष्कमा आउँछ । धेरैलाई थाहा नहुन सक्छ वर्षमा ४ वटा दशैं हुने गर्दछ । ती ४ दशैंमध्ये गंगा दशहरा पहिलो हो भने हामीले धुमधामका साथ...
-
२०७९ जेठ १२, बिहिबार
भोटो जात्राको साइत निकालियो
रातो मच्छिन्द्रनाथको रथ जात्रा आउँदो जेठ २१ टुङ्गिने भएको छ । आउँदो २१ गते शनिबार भोटो जात्रा गर्दै यस वर्षको जात्रा टुङ्गिने भएको छ । आजै जाह्वला जात्रा अर्थात जाउलाखेलमा रथ तान्ने साइत निकालिएसँगै भोटो जात्राको दिन पनि टुङ्गो लागेको हो । इतिटोलमा...
-
२०७९ जेठ ८, आइतबार
चाँगु नारायणमा अब भक्तजनहरुले विशेष पूजा गराउन पाउने
चाँगु नारायणमा अबबाट भक्तजनले विशेष अवसरहरुमा निश्चित रकम तिरेर पूजा गराउन पाउने भएको छ । चाँगुनारायणको नित्यपूजा, पर्वपूजा, जात्रा आदिलाई असर नपर्ने गरी भक्तजनले केही रकम तिरेर पूजा गराउन पाइने चाँगुनारायण विकास समितिले जनाएको छ । समितिका अनुसार...
-
२०७९ जेठ २, सोमबार
ललितपुरमा भगवान बुद्ध प्रतिमाको शोभा यात्रा सम्पन्न
२५६६औं बुद्ध जयन्तीको अवसरमा ललितपुरमा भगवान बुद्ध प्रतिमाको शोभा यात्रा सम्पन्न भएको छ । ललितपुरको बहाःबहिहरुबाट हरेक वर्ष वैसाख पूर्णिमा (बुद्ध जयन्ती) को दिनमा गरिँदै आएको शोभा यात्रा आज सम्पन्न भएको हो । यस बर्ष ललितपुर महापालको सुरश्चन्द्र...
-
२०७९ जेठ १, आइतबार
को हुन् नृसिंह भगवान ?
भोलि बैसाख पुर्णिमा अर्थात बुद्ध जयन्ती । बुद्ध जयन्तीको ठिक दुई दिन अघि बैसाख शुक्ल त्रयोदशीको दिनमा पनि एक भगवानको जयन्ती मनाइन्छ तर, यसको खासै चर्चा हुने गरेको छैन । नकि यस जयन्तीमा कुनै ठुलो पूजा वा महायज्ञ हवन इत्यादि नै गर्ने गरिएको छ । वैसाख...
-
२०७९ बैशाख २२, बिहिबार
रातो मच्छिन्द्रनाथको रथ मंगलबजार पुग्यो
नेपालकै सबैभन्दा लामो ललितपुरको करुणामय अर्थात रातो मच्छिन्द्रनाथको रथजात्राको क्रममा आज रथलाई तानेर मंगलबजार पुर्याइएको छ । हिजो पुल्चोकबाट तानेर गाःबहाल पुर्याइएको रथलाई आज भने मंगलबजार पुर्याइएको हो । रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरमा...
-
२०७९ बैशाख २१, बुधबार
रातो मच्छिन्द्रनाथको रथयात्रा आज
कोरोना महामारीका कारण दुई वर्ष रोकिएको ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथयात्रा आज सुरू हुँदैछ । आज बेलुका पुल्चोकबाट रथ तानेर गाःबहाल पु¥याइने छ । वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मच्छिन्द्रनाथको रथ पुल्चोकमा राखिएको छ । पुल्चोकमा...
-
२०७९ बैशाख १८, आइतबार
तन्त्रविद् राजोपाध्याय र उपाध्याय सम्मानित
मातातीर्थ औंशीको दिनमा तन्त्र चर्चा परिवारले सम्मान र पुस्तक विमोचन कार्यक्रमकाे आयोजना गरेको छ । शनिबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा तन्त्र विद्वानद्वय महेश्वर जुजु राजोपाध्याय र विद्यानाथ उपाध्यायलाई सम्मान गरिएको हो ।...
-
२०७९ बैशाख २, शुक्रबार
बुद्धकृष्ण बाग श्रेष्ठले नवौं पटक जिब्रो छेड्दै
भक्तपुरमा आज जिब्रो छेड्ने जात्रा मनाईंदैछ । यस वर्ष पनि बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले नै जिव्रो छेड्ने भएका छन् । हरेक वर्ष वैशाख २ गते मध्यपुरको बोडेमा जिब्रो छेड्ने जात्रा मनाउने परम्परा छ । यो वर्ष उनले नवौं पटक जिब्रो छेडाउन लागेका...
-
२०७९ बैशाख १, बिहिबार
बिस्का जात्राको यःसिं ठड्याएर आजै ढालिने
बिस्का जात्राको पाँचौ दिन हिजो २०७८ सालको अन्तिम दिन मध्यरातसम्म युवाहरुले यःसिं उठाउने प्रयास गरे पनि सफल हुन सकेनन्। हिजो मध्यरातमा जतिसम्म यःसिं ठडियो त्यति नै छाडिएको थियो। आज नयाँ वर्ष २०७९ को दिन यःसिं ठड्याइनेछ भने आजै राति नै ढालिनेछ। गत...
-
२०७८ चैत्र २९, मंगलबार
मच्छिन्द्रनाथको जात्रा मनाईंदै
वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा जारी नै छ । हिजो लगन टोलमा रथलाई पुर्याई एक परिक्रमा गराई सोमबारको जात्रा समापन गरेको थियो । आज मंगलबार रथलाई मच्छिन्द्रनाथकी आमाको मन्दिर र मां सीमा नामक रुखलाई दुई पटक परिक्रमा गरिन्छ ।...
-
२०७८ चैत्र २७, आइतबार
विस्का जात्रा आजबाट प्रारम्भ
भक्तपुरको प्रसिद्ध सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजबाट सुरु हुँदैछ । नव वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा आज साँझ तमारीस्थित पाँचतले मन्दिर अगाडिबाट नकिंजु अजिमाको रथलाई घटखामा पु¥याएर भैरवनाथको रथ तानातान गर्दै...
-
२०७८ चैत्र २७, आइतबार
राम नवमी पर्व मनाईंदै
आज रामनवमी । चैत शुक्ल नवमीका दिन आज सनातन हिन्दु धर्मावलम्बीले भगवान् रामप्रति श्रद्वासुमन व्यक्त गर्दै रामनवमी मनाउँदैछन् । असत्यमाथि सत्यको विजयको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ ।...




