arin enterprises

मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन भोटो देखाइयो

SamacharDesk – Ram Dangol | २०७९ जेठ २१, शनिबार

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा आजबाट सम्पन्न भएको छ ।

भोटो जात्राका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत संवैधानिक निकायका प्रमुखहरु उपस्थित रहेको थियो।

जात्रा हेर्न हजारौंको संख्यामा मानिसहरु जावलाखेल पुगेका थिए। सो अवसरमा ललितपुरका जीवित देवी कुमारीलाई समेत भोटो अवलोकन गराइयो । 

गत बुधबार ललितपुरको लगनखेलदेखि रथलाई तानेर जावलाखेल पुर्याएको थियो । आज सोही रथको चारै दिशाबाट गुथी संस्थानका प्रमुखले भोटो देखाएको थियो ।

भोटो सर्वसाधारणलाई देखाएसँगै नेपालकै सबैभन्दा लामो समयसम्म मनाइने जात्रा सम्पन्न भएको छ ।

जावलाखेलमा भोटो देखापछि रातो मच्छिन्द्रनाथ देवतालाई साना खेटमा राखी गुरुजुको पल्टनसहित बुङमती लगिएको छ ।

रातो मछिन्द्रनाथको रथलाई ६ महिना पाटन र ६ महिना बुङमतीमा राख्ने गरिन्छ । जात्रा सकिएर बुङमती पुर्याएको रथलाई छ महिनासम्म त्यहीँ राखेर साइन अनुसार पाटन मच्छिन्द्रबहालमा ल्याएर राखिन्छ ।

१२ वर्षमा एकपटक भने बुंगमतिबाटै रथबाटै तानेर ल्याइन्छ र रथमै राखेर त्यहीँ लगिन्छ। त्यस बेला भने दुई पटक भोटो देखाइन्छ, जावलाखेल र बुंगमतिमा। 

Categorized in संस्कृति