मछिन्द्रनाथको रथयात्रा सम्पन्न
SamacharDesk – Ram Dangol | २०७९ जेठ १८, बुधबार

नेपालकै सबैभन्दा लामो जात्राका रुपमा लिइने वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको रथयात्रा सकिएको छ।
बुधबार ललितपुरको लगनखेलदेखि रथलाई तानेर जावलाखेल पु¥याएसँगै यो वर्षको मच्छिन्द्रनाथको रथ जात्रा समापन भएको छ ।
वैशाख शुक्ल प्रतिपदामा रथारोहण गरेर सुरु भएको जात्राको बाजागाजा र लावालस्करसहित जात्रा गरेर आज जावलाखेल पु¥याएर याः न्यायकेगु अर्थात समापन भएको छ ।
मच्छिन्द्रनाथको रथसँगै मिननाथको रथलाई पनि जाउलाखेल लगिएको छ । ललितपुरको पुल्चोकबाट सुरु भएको रथ यात्रा मंगलबजार, लगनखेल हुँदै जाउलाखेलमा पुर्याउने परम्परा छ ।
यसअघि गत विहीबार १२ गते विहान ज्योतिषहरुको समूहले मंगलबजारस्थित मंगःहितिनिर रहेको मणिमण्डप फल्चा (सोर्हखुट्टे पाटि) मा बसी जाह्वला जात्राको साइत निकालेको थियो ।
इतिटोलमा राखिएको रथलाई जाउलाखेल तानेर लगिएको चौथो दिनमा भोटो जात्रा गर्ने गरिन्छ ।
आजको दिन जाह्वला जात्रा अर्थात जाउलाखेलमा रथ तान्ने साइत निकालिएसँगै भोटो जात्राको दिन पनि टुङ्गो लागेको हो । सोही परम्परा अनुसार भोटो जात्राको लागि आउँदा २१ गतेको दिन टुङ्गो लागेको छ।
रथलाई याकः मिसा भुज्याः गर्दै इतिटोल पुर्याएको केहि दिनपछि बाराही समुदायले बुंगद्यःको द्यःपूजा गर्ने गर्छन् ।
यहि द्यःपुजाकै दिन मणिमण्डप फल्चामा स्थानीयबासी, पानेजु तथा गुठी संस्थान अधिकृतको उपस्थितिमा जाह्वला जात्राको साईत हेर्ने चलन रहँदै आएको छ ।
२१ गते जाउलाखेलमा भोटो देखाएपछि मच्छिन्द्रनाथको जात्रा पूरा हुने छ । भोटो देखाएपछि मच्छिन्द्रनाथलाई रथबाट निकालेर ललितपुरको बुंगमति लगिने छ ।
Categorized in संस्कृति