संस्कृति
-
२०७८ आश्विन २८, बिहिबार
तलेजु मन्दिर आज सर्वसाधारणका लागि खुला
आज तलेजु मन्दिर सर्वसाधारणको लागि खुला काठमाडौंको हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा दर्शन र पूजा गर्नेको ठुलै घुइँचो लागेको छ । वर्षको एक पटक मात्र खुल्ने मन्दिरमा दर्शन र पूजाको लागि आज विहानैदेखि हजाराैंकाे संख्यामा दर्शनार्थीको भीडै लागेकाे...
-
२०७८ आश्विन २८, बिहिबार
बडादशैंको नवौं दिन, महानवमी मनाईँदै
आज आश्विन शुक्ल नवमी, बडा दशैंको नवौं दिन महानवमी । आज पनि देशैभरिका विभिन्न शक्तिपीठहरुमा दर्शन र पूजा गर्नेको ठुलै घुइँचो लागेको छ । झिसमिसे विहानै शक्तिपीठहरुमा लामै लाइन देखिसकेको थियो । आजै शक्तिपीठहरुमा बलि पनि दिने गरिन्छ । शक्तिपीठहरुमा खसी...
-
२०७८ आश्विन २६, मंगलबार
दशैंको सातौं दिन, पर्वको रौनक शुरु
नेपाली हिन्दुहरुको महान चाड बडा दशैंको क्रममा आज सप्तमी तिथि । आश्विन शुक्ल प्रतिपदाको दिनमा दशैं घर, पूजा कोठा अथवा आगम भित्र कलश स्थापना गरेर जमरा राखी शुरु भएको बडा दशैं रौनक आजबाट छाएको छ । आजबाट दशैंको सरकारी विदा पनि शुरु हुने भएकोले सबैमा...
-
२०७८ आश्विन २५, सोमबार
बडादशैंको पाँचौं दिन, स्कन्दमाताको पूजा गरिँदै
नेपाली हिन्दु धर्मावलम्बीहरुको महान चाड वडा दशैंको आज पाँचौ दिन । आज पनि एका विहानैदेखि विभिन्न शक्तिपीठहरुमा पूजा र दर्शन गर्नेहरुको ठुलै भीड लागेको थियो । विशेष गरी शक्तिको उपासना गर्दै मनाइने बडादशैंको अवसरमा काठमाडौंमा भद्रकाली, इन्द्रायणी, शोभा...
-
२०७८ आश्विन २४, आइतबार
ललितपुरमा कुमारी पूजा सम्पन्न
लतिलपुरको दरवार क्षेत्रमा राजोपाध्याय समाजले कुमारी पूजा कार्यक्रम सम्पन्न गरेको छ । नेपाली हिन्हुहरुको महान चाड बडादशैंको अवसर पारेर समाजको ललितपुर जिल्ला समितिले मंगलबजारमा कुमारी पूजाको आयोजना गरेको हो । गणेश र भैरवसमेत गरी ३० कन्या कुमारीलाई...
-
२०७८ आश्विन २२, शुक्रबार
बडादसैंको दोश्रो दिन, ब्रह्मचारिणीको पूजा गरिँदै
आज आश्विन शुक्ल द्वितीया, नेपालीहरुको महान् चाड बडा दसैंको दोस्रो दिन । हिजो पूजा कोठा अथवा दसैं घरमा जमरा राखेर कलश स्थापना गरी शुरु भएको दसैंको क्रममा आज पनि शक्तिको उपासना गर्दै दुर्गा भवानीको पूजा आराधना गरिँदैछ । कोभिड १९ संक्रमणमा कमी...
-
२०७८ आश्विन २१, बिहिबार
नेपालीहरुको महान चाड दशैं शुरु
आज आश्विन शुक्ल प्रतिपदा, आजबाट सम्पूर्ण हिन्दु नेपालीहरुको महान चाड बडादशैं शुरु भएकाे छ । आज सबैको घरघरको पूजा कोठामा जमरा रोपिन्छ । आजको दिनमा झिसमिसे बिहानमै नुहाइ धुवाइ गरी, हातगोडाको नङ काटी नजिकको नदी, खोला, वगरमा गई चोखो बालुवा ल्याइ...
-
२०७८ आश्विन १२, मंगलबार
ललितपुर ओकुबहालमा तीन दिने कला प्रदर्शनी शुरु
उचाई ७२ फिट, चौडाई ५८ फिट अनि मोटाइ १८ फिट । सोच्नुहोस्, यो आकारको मूर्तिको भव्यता कस्तो होला ? यो कुनै पूर्ण कदको मूर्तिको कुरा होइन । ललितपुर एकान्तकुना रिङरोडबाट १० किलोमिटर टाढा छम्पि डुकुछापको फिसिङफाँटमा यो आकारको भैरवको टाउको स्थापना गरिन...
-
२०७८ भाद्र ३०, बुधबार
सम्पदा क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्ने शाक्यको भनाई
काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदा क्षेत्रलाई पर्यटनसँग नजोड्ने हो भने सम्पदाको दिगो संरक्षणमा समस्या हुने विचार राखेका छन् । मंगलबार वडा १२ मा पुखुसि महादेव मन्दिरको उद्घाटन गर्दै शाक्यले मूर्त सम्पदालाई जीवन्त बनाउन अमूर्त...
-
२०७८ भाद्र २४, बिहिबार
प्रधानमन्त्रीबाट तीजको शुभकामना
प्रधानमन्त्री शेर बहादुर देउवाले स्वास्थ्य मापदण्डको पालना गर्दै हरितालिका तीज मनाउन सम्पूर्ण नेपाली महिलाहरुमा आह्वान गर्नुभएको छ । हरितालिका तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले कोभिड १९ को कारण हर्षोल्लासपूर्वक पारिवारिक...
-
२०७८ भाद्र २४, बिहिबार
धुमधामका साथ हरितालिका तीज मनाईँदै
आज भाद्र शुक्ल तृतीया, देशैभरिका हिन्दु नेपाली महिलाहरु हरितालिका तीज पर्व मनाउँदैछन् । हिजो भाद्र शुक्ल द्वितीयाको दिनमा दर खाएका हिन्दु नेपालीहरु महिलाहरु आज निराहार व्रत बस्दै तीज मनाइरहेका हुन् । विवाहित महिलाहरु पतिको दीर्घायूको कामना गर्दै आज...
-
२०७८ भाद्र १९, शनिबार
नृसिंहहरुले गरे रूद्री पाठ
राजोपाध्याय समाजले आयोजना गर्दै आएको पञ्चाभिषेक रूद्री कार्यक्रम आज उपत्यकाका तीनै शहरमा सम्पन्न भएको छ । समाजले गएको महिनाबाट शुरु गरेको मासिक पञ्चाभिषेक रूद्री कार्यक्रम अन्तर्गत यस महिनाको पाठ आज पनि उपत्यकाका तीनै शहरमा एकै दिन एकै समयमा गरिएको...
-
२०७८ भाद्र १८, शुक्रबार
अजा एकादशी पर्व मनाईँदै
आज चतुर्मास अन्तर्गतको तेश्रो एकादशीको दिन, नारायण भगवानको ऋषिकेशको स्वरुपको पूजा आराधना गर्दै अजा एकादशी पर्व मनाईँदैछ । आजको दिनमा ऋषिकेश स्वरुपको व्रत बस्ने पनि गरिन्छ । यो दिनमा विहानै उठेर नुहाई धुवाई गरी, हातगोडाको नङ काटेर शरीर शुद्ध बनाई,...
-
२०७८ भाद्र १४, सोमबार
कृष्णको पूजा आराधना गर्दै कृष्ण जन्माष्टमी मनाईँदै
आज भाद्र कृष्ण अष्टमी, भगवान श्रीकृष्णको पूजा आराधना गर्दै देशैभरि साथमा भारतमा समेत धुमधामका साथ कृष्ण जन्माष्टमी पर्व मनाईँदैछ । द्वापर यूगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भगवान विष्णुले वसुदेव र देवकीको आठौं सन्तानको रुपमा श्रीकृष्णको रुप लिएर...
-
२०७८ भाद्र १२, शनिबार
जुर्यो ईन्द्रजात्रा (येँयाः) को साइत
काठमाडौंको सबैभन्दा ठुलो जात्राको रुपमा लिइने ईन्द्रजात्राको साइत जुरेको छ । ईन्द्रजात्रामा यःसिँ लिन गरिने वनयात्रादेखि यःसिँ क्वथयेगु (यःसिँ ढाल्ने) सम्मको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको हो । पञ्चाङ्ग समितिले सार्वजनिक गरेको...
-
२०७८ भाद्र ११, शुक्रबार
ललितपुरमा नृसिंह जात्रा सम्पन्न
ललितपुरमा नृसिंह जात्रा (उपाकलं सायाः) आज सम्पन्न भएको छ । ललितपुरका राजोपाध्याय अथवा देव ब्राम्हणहरुको उपाकर्म गुठीबाट हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन गरिँदै आएको जात्रा आज सम्पन्न भएको हो । जात्राको पालोवालाकै घरबाट जात्रा शुरु गर्ने परम्परा...




