arin enterprises

संस्कृति

  • २०७७ चैत्र ३०, सोमबार

    असनमा खट जुधाएसँगै पाहाँचःहे पर्व सम्पन्न

    काठमाडौंको पाहाँचःर्‍हे पर्व आज असनमा खट जुधाउनेसँगै विधिवत रुपमा सम्पन्न भएको छ । पाहाँचःर्‍हे पर्वको आज तेश्रो दिन असनमा वटु भद्रकाली, टेबहाल भद्रकाली र कंकेश्वरीको खट जुधाइएको हो । आज दिउँसो असनमा अन्नपूर्णको मन्दिर अगाडी खट जुधाइएको हो । सो...

  • २०७७ चैत्र २४, मंगलबार

    भक्तपुरको जात्रा स्थगित गर्ने निर्देशनप्रति काठमाडौंको जात्रा समितिबाट खेद

    भक्तपुरमा विस्केट जात्रा रोक्न स्थानीय प्रशासनले सूचना जारी गरेसँगै यसको चौतर्फी विरोध शुरु भएको छ । कोरोना संक्रमणको जोखिम देखाउँदै सामान्य पूजा मात्र गर्दै जात्रा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट सूचना जारी भएपछि यसको चौतर्फी विरोध...

  • २०७७ चैत्र २२, आइतबार

    सेतो मच्छिन्द्रनाथको रथयात्रा हुन

    गत वर्ष स्थगित गरिएको सेतो मच्छिन्द्रनाथको रथयात्रा यस वर्ष हुने भएको छ । सेतो मच्छिन्द्रनाथ रथयात्रा मूल समारोह समितिको आइतबार बसेको बैठकले यस वर्ष रथयात्रा गर्ने निर्णय गरेको हो । कोरोना महामारीका कारण गत वर्ष रथयात्रा स्थगित गरिएका थियो । नेपाल...

  • २०७७ चैत्र १५, आइतबार

    रंगको उत्सव होलि, हर्षोल्लासका साथ मनाईँदै

    आज फागुन पुर्णिमा, तराई बाहेक उपत्यका र हिमाली, पहाडी क्षेत्रमा हर्षोलासका साथ होली पर्व मनाईँदैछ । परिवार तथा साथीभाई समूहमा भेला भएर एक आपसमा रंग डल्दै, लोला हानेर होलीको उल्लास बाँडिदैछ । यो पर्वलाई विशेष गरेर रंगको पर्वको रुपमा लिइन्छ । होलीको...

  • २०७७ चैत्र ८, आइतबार

    रंगहरुको पर्व फागु सरु

    आइतबारबाट रंगहरुको पर्व फागु विधिवत सरु भएको छ । आइतबार बिहान ८ बजेर २६ मिनेटको शुभ साइतमा बसन्तपुरस्थित हनुमानढोका दरबार परिसरमा चीर ठड्याइएसँगै फागु पर्व शुरु भएको हो । यस वर्ष पहाडमा चैत १५ गते र तराईमा चैत १६ गते फागु पुर्णिमा मनाइँदैछ । फागुन...

  • २०७७ चैत्र ७, शनिबार

    दिगु तलेजुमा मूल पूजारी नियुक्त

    काठमाडौंको दिगु तलेजुमा मूल पूजारी नियुक्त भएका छन् । गत कार्तिकदेखि खालि रहेको मूल पूजारीमा काठमाडौं मखन निवासी पुरुषोत्तम सुवेदी राजोपाध्यायलाई नियुक्त गरिएको हो । आज दिगु तलेजुका सहायक पूजारी नारायणमान जोशीले फुलमाला लगाई नवनियुक्त मूल पुजारी...

  • २०७७ फाल्गुण २७, बिहिबार

    भण्डारखालमा फेरी शुरु गरियो ६ सय वर्ष पुरानो परम्परा

    ललितपुरको भण्डारखाल बगैंचास्थित मणिकेश्वर महादेवको रुद्राभिषेक पूजाले फेरी निरन्तरता पाएको छ । सय वर्षभन्दा बढि समयदेखि रोकिएको यो परम्पराले आजबाट निरन्तरता पाएको हो । पाटन संग्रहालयको पहलमा आज ललितपुर तलेजुका पुजारीहरुले मणिकेश्वर महादेवको...

  • २०७७ फाल्गुण २७, बिहिबार

    शिवको पूजाआराधना गर्दै शिवरात्री मनाईँदै

    आज देशैभर भगवान शिवको पूजा आराधना गर्दै शिवरात्री पर्व मनाईँदैछ । भगवान शिवको दर्शन र पूजा अर्चनाको लागि शिवालयहरुमा दर्शनार्थीहरुको घुईँचो लागेको छ । शिवको पूजा आराधना गरे सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वास रहेको पाइन्छ ।...

  • २०७७ माघ १५, बिहिबार

    रोकिएको एउटा परम्पराले फेरी निरन्तरता पायो चाँगुनारायण कलश यात्रामा

    हरेक पौष शुक्ल पुर्णिमा अनि श्रावण शुक्ल द्वादशीका दिन चाँगुनारायणको कलश चाँगुबाट हनुमानढोका तलेजु मन्दिर ल्याइन्छ । आज पनि ल्याइयो । वितेका केही वर्षहरुभन्दा आजको कलश यात्राको रौनक अलि बेग्लै देखिएको थियो । हरेक वर्ष यसरी चाँगुनारायणको कलश यात्राको...

  • २०७७ माघ १५, बिहिबार

    स्वस्थानी व्रत र कथा शुरु हुँदै

    आज पौष शुक्ल पुर्णिमा, आजबाट स्वस्थानी व्रत शुरु हुँदैछ । आजदेखि माघ महात्मेअन्तर्गत ‘श्री स्वस्थानी व्रतकथा’ को व्रतारम्भ हुन्छ । आजको दिनबाट स्नान गरी शुद्ध भई भगवान शिव र स्वस्थानी परमेश्वरीको पूजा आराधना गर्दै स्वस्थानी व्रत बस्ने गरिन्छ । पौष...

  • २०७७ माघ ९, शुक्रबार

    असमन्जस र अन्योलबीच शालिनदिमा स्वस्थानी व्रत शुरु हुँदै

    मेला गर्ने वा नगर्ने भन्ने अन्योलका बीच साँखुको शालिनदिमा यस वर्षको स्वस्थानी व्रत कथा शुरु हुँदैछ । श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले विहिबार साँखुमा पत्रकार सम्मेलन गर्दै आउँदो माघ १५ बाट माधवनारायण स्वस्थानी व्रत शुरु हुन...

  • २०७७ माघ ८, बिहिबार

    सेतो मच्छिन्द्रनाथको महास्नान

    सम्पन्न वर्षा र सहकालका देवता सेतो मछिन्द्रनाथको महास्नान ‘जनबहाःद्यःयात धलिं लुइगु’ आज सम्पन्न भएको छ । आज पौष शुक्ल अष्टमीका दिन काठमाडौंको कनकचैत्य महाविहार जनबहालमा विधिपुर्वक मच्छिन्द्रनाथको महास्नान गराइएको हो । हरेक वर्ष पौष शुक्ल अष्टमीका...

  • २०७७ माघ १, बिहिबार

    माघ १ गते, देशैभर माघे संक्रािन्त मनाईँदै

    आज माघ १ गते, नेपालीहरु आ–आफ्नो कुल परम्परा, सामाजिक सँस्कृति अनुसार माघे संक्रान्ति मनाउँदैछन् । आजको दिन माघ महिनाको संक्रान्ति भएकोलो माघे संक्रान्ति भनिएको हो भने सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकोले मकर संक्रान्ति पनि भनिन्छ ।...

  • २०७७ पौष २५, शनिबार

    कार्तिक नाचलाई ५० लाखको चेक हस्तान्तरण

    ललितपुरको प्रशिद्ध कार्तिक नाचको अक्षय कोषको लागि ललितपुर महानगरपालिकाले ५० लाख रुपैयाँ प्रदान गरेको छ । ललितपुरको मंगलबजारमा आयोजित यस वर्षको कार्तिक नाच समापन समारोहमा महानगर प्रमुख महर्जनले कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारलाई ५०...

  • २०७७ पौष १५, बुधबार

    नेवार समुदायमा आज यःमरि पुन्हि मनाईँदै

    नेवार समुदायमा आज नयाँ भित्र्याइएको धानको चामलबाट यःमरि बनाएर खाँदै, बाँडेर ख्वाउँदै यःमरि पुन्हि मनाइरहेका छन् । नेपाल सम्वत अनुसार थिंला महिनामा पर्ने आजको दिनलाई थिंलापुन्हि पनि भन्ने गरिन्छ । आजको दिनमा नयाँ बाली भित्र्याइन्छ । मार्गशीर्षमा...

  • २०७७ पौष १५, बुधबार

    आज विभिन्न समुदाय विभिन्न साँस्कृतिक पर्वहरु मनाउँदै

    आज मार्ग शीर्ष पुर्णिमा, अर्थात मंसीरको पुर्णिमा । आजको दिन नेपालमा विभिन्न जातीय समुदायले विभिन्न किसिमले मनाउँदै छन् । यसैक्रममा नेवार समुदायले यःमरि पुन्हि मनाउँदैछन् भने नेवार समुदायको भित्रको ज्यापु जातिले आजै १७औं ज्यापु दिवस मनाउँदैछन् ।...

Pages