arin enterprises

सेतो मच्छिन्द्रनाथकाे रथ लगन पुग्यो

SamacharDesk – बिराज | २०७८ बैशाख ९, बिहिबार

सेतो मच्छिन्द्रनाथको रथयात्राको क्रममा आज रथलाई तानेर लगन टोल पुर्‍याइएको छ । हनुमानढोका कालभैरव अगाडी रहेको रथलाई तानेर लगन टोल पुर्‍याइएको हो ।

आज रथ जात्राको तेश्रो दिन रथलाई हनुमानढोकाबाट तानेर मरु, चिकंमुगल, मजिपात हुँदै जैसीदेगलबाट लगन पुर्‍याइएको हो ।

आज रथ लगन पुगेपछि मच्छिन्द्रनाथको आमा भनिने रुख ‘मांसिमा’ लाई एकपल्ट परिक्रमा गराइएको छ ।

रथ लगन पुगेपछि उक्त रुखमा तीन परिक्रमा गराउनुपर्ने भएपनि पछिल्लो समय एकपल्ट मात्र परिक्रमा गराउने गरिएको छ । बाँकि दुई परिक्रमा भोलि गराइनेछ ।

पर्छि भने सेतो मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट ओराली खटमा राखेर बाजागाजासहित जनबहालस्थित कनकचैत्य महाविहार पुर्‍याइएपछि यस वर्षको जात्रा सम्पन्न हुनेछ ।

सेतो मच्छिन्द्रनाथको रथजात्रा विना वाधा अवरोध सम्पन्न भएमा वर्षा राम्रो भई बालीनाली समेत राम्रो हुने जनविश्वास रहेको छ ।

करुणामयको रुपमा लिइने सेतो मच्छिन्द्रनाथलाई नाथ अनुयायीहरुले मत्स्येन्द्रनाथ, सूर्यका उपासकहरुले सूर्यदेव, शाक्तहरुले शक्ति र महायानी, बज्रयानी वौद्ध धर्मावलम्बीहरुले आर्यावलोकितेश्वरको रुपमा पुज्ने गरेका छन् । 

Categorized in संस्कृति