आजै उठाएर ढालियो भक्तपुरमा यःसिँ
SamacharDesk – बिराज | २०७८ बैशाख १, बुधबार

बिस्काः जात्राको क्रममा भक्तपुरमा आजै यःसिँ उठाएर आजै ढालिएको छ ।
परम्परा अनुसार यःसिँ वर्षको अन्तिम दिन उठाउनुपर्ने थियो । तर हिजो लामो प्रयास पछि राति करीब १२ बजे उठाइएको यःसिँ ढलेपछि आज मात्र उठाइएको हो ।
आज पनि लामो समयको प्रयास पछि बल्ल यःसिँ उठेको थियो । आज बिहानबाटै उठाउन प्रयास थालिए पनि साँझको करीब ६ः३० बजे मात्र यःसिँ उठेको थियो ।
उठेको यःसिँलाई करीब २ घन्टा राखेर बेलुकी ८ः३० बजे ढालिएको थियो ।
भक्तपुरमा बिस्काः जात्राको क्रममा चैत्र मसान्तको दिन यःसिँ उठाइन्छ भने वैसाख संक्रान्तीको दिन ढाल्ने गरिन्छ । चैत्र मसान्तको दिनमा कारणवश यःसिँ उठाउन सकिएन भने बैसाख संक्रान्तीकै दिन उठाएर सोही दिन ढाल्ने गरिन्छ ।
सोही प्रचलन अनुसार हिजो उठाउन नसकिएको यःसिँ आज उठाएर आजै ढालिएको हो ।
आउँदो बैसाख ५ गते टौमढीबाट भैरवनाथको रथ तानेर यस वर्षको बिस्काः जात्रा सम्पन्न हुनेछ ।
Categorized in संस्कृति