arin enterprises

विश्व सम्पदा दिवस मनाईँदै

SamacharDesk – बिराज | २०७८ बैशाख ५, आइतबार

आज अप्रिल १८, विश्वभरी विभिन्न कार्यक्रम गरी विश्व सम्पदा दिवश मनाईँदैछ । यसै सन्दर्भमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ ।

सम्पदा प्रेमीहरुको लागि यो दिन विशेष हुने गर्दछ ।

सम्पदा संरक्षणको लागि सचेतना जगाउने उद्देश्यले यो दिन विभिन्न कार्यक्रम गर्ने गरिन्छ । सम्पदा संरक्षण गर्ने सन्देश दिँदै यो दिन सम्पदा प्रेमीको साथमा सरोकारवाला निकायहरु सम्पदा सम्वन्धि अन्तरक्रिया, गोष्ठी, याली लगायतका कार्यक्रमहरु गर्ने गरेका छन् ।

विश्व सम्पदा सूचीमा सुचिकृत नेपालका सम्पदाहरुमध्ये काठमाडौं उपत्यकामा ७ वटा रहेका छन् । पर्यटकलाई नेपालमा आकर्षित गर्ने पनि यिनै सम्पदाहरु बनेका छन् ।

२०७२ सालको भूकम्पमा यहाँका विभिन्न धार्मिक, साँस्कृतिक सम्पदाहरु क्षतिग्रस्त भएका थिए । तीमध्ये कैयन सम्पदाहरुको पुनर्निर्माण सम्पन्न पनि भइसकेका छन् भने कतिको जारी छ ।

यसै सन्दर्भमा आउँदो बैसाख ११ गते धरहराको उद्घाटन यहि बैसाख ११ गतेको लागि तोकिएको छ भने काष्ठमण्डपको पनि पुनर्निर्माण अन्तिम चरणमा पुग्दैछ । अझै पनि कति क्षतिग्रस्त सम्पदाहरु पुनर्निर्माणको पखाईमै छन् ।

सन् १९८२ देखि विश्वभरी विश्व सम्पदा दिवस मनाउन थालिएको हो ।

Categorized in संस्कृति