arin enterprises

नेपाली चलचित्रको बजार विस्तार र प्रचार शैलीबारे बहस

SamacharDesk – विजयरत्न | २०८३ आश्विन २९, बिहिबार

नेपाली चलचित्रको बजार विस्तार र प्रभावकारी प्रचार रणनीतिबारे अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।

चलचित्र पत्रकार संघ नेपालको आयोजनामा ‘चलचित्रको बजार तथा प्रचार शैली’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाली चलचित्रको बजार, प्रचारका बदलिँदा शैली, दर्शकको रुचि र बजार विस्तारका सम्भावनाबारे संवाद र बहस भएको थियो ।

छलफलका क्रममा आएका विचार, अनुभव र सुझावले नेपाली चलचित्र क्षेत्रको बजार तथा प्रचार रणनीतिबारे थप बहस गर्न प्रेरित गरेको आयोजकको दावी छ ।

नेपाली चलचित्रको विकासका लागि यस्ता संवाद नियमित हुनुपर्ने विचार अन्तरक्रियाका सहभागीहरुले राखेका थिए ।

कार्यक्रममा चलचित्र निर्देशक, निर्माता ज्ञानेन्द्र देउजा, चलचित्र पत्रकार तथा निर्देशक दीपेन्द्र लामा, निर्देशक, निर्माता तथा अभिनेत्री रेखा थापा र निर्देशक तथा निर्माता रामबाबु गुरुङलगायतले आआफ्ना विचार राखेका थिए । 

Categorized in पेजथ्री